२०८२, २६ जेष्ठ सोमबार

महरा र रोशनीको गोप्पे म्यासेज बाहिरियो : महराको म्यासेज ‘आई एम भेरी सरी, फर्गेट एस्टर्डे’

महरा र रोशनीको गोप्पे म्यासेज बाहिरियो : महराको म्यासेज ‘आई एम भेरी सरी, फर्गेट एस्टर्डे’


काठमाडौं, असोज १५ : राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेज सार्वजनिक भएको छ । हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ ।

एम सर वान (महरा सर १ हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन्, फर्गेट एस्टर्डे । आइतबार साँझ घटना भएपछि सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे भनेका छन् । मतलब हिँजोको कुरा बिर्स भन्दै माफी मागेका छन् ।

त्यसको जवाफमा भने महिलाले भने ८ बजेर ३८ मिनेटमा जवाफ फर्काउँदै तेरो सकिने दिन आयो भनेकी छिन् । महिलाले महरालाई पठाएको अर्को म्यासेजमा सबैतिर तेरो र्‍युमर फैलाउँछु भन्दै म्यासेज पठाएकी छिन् । उनले लेखेकी छिन्, सबैतिर तेरो र्‍युमर फैलाउँछु, अब सिजेलाई पनि सबै भने, तेरो उपसभामुखलाई पनि भनें मेसेज गरेर । हिँजो पुलिसलाई बयान दिएँ के के भको भनेर । तैंले पिटेका ठाउँ ठाउँका निलडाम मेरो औंला भाँचिने गरी बटारेको सुन्निएको सबै मोबाइलमा रेकर्ड गरेर लगेको छ । पम्फालाई म्यासेज गरें । गर्न सक्ने सबै गर्छु, तँलाई बचाएर के काम अब ?’

र, त्यसको लगत्तै उनले अर्को म्यासेज गरेकी छिन्, ‘तँ न माफीको लायक भइस्, न मायाको लायक ।’ महिलाको यही म्यासेजकाे अर्थ लगाउने हाे भने महरा र उनीबीच लामो समयदेखि प्रेम सम्बन्धमा रहेको हुनसक्ने संकेत गरेकाे छ । यद्यपि एम सर वान नाममा सेभ गरिएको म्यासेज महराले नै पठाएको हो कि होइन वा त्यो कुन नम्बर थियो भन्ने स्पष्ट भएको छैन । पहिले सार्वजनिक भएको ९८५१११६४५६ नम्बरको मोबाइल् भने महिलाले एम सरको नाममा सेभ गरेकी छिन् ।

प्रकाशित मिति : २०७६, १५ आश्विन बुधबार  ७ : ३७ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक