२०८३, २० आश्विन बुधबार

महरा र रोशनीको गोप्पे म्यासेज बाहिरियो : महराको म्यासेज ‘आई एम भेरी सरी, फर्गेट एस्टर्डे’

महरा र रोशनीको गोप्पे म्यासेज बाहिरियो : महराको म्यासेज ‘आई एम भेरी सरी, फर्गेट एस्टर्डे’


काठमाडौं, असोज १५ : राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेज सार्वजनिक भएको छ । हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ ।

एम सर वान (महरा सर १ हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन्, फर्गेट एस्टर्डे । आइतबार साँझ घटना भएपछि सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे भनेका छन् । मतलब हिँजोको कुरा बिर्स भन्दै माफी मागेका छन् ।

त्यसको जवाफमा भने महिलाले भने ८ बजेर ३८ मिनेटमा जवाफ फर्काउँदै तेरो सकिने दिन आयो भनेकी छिन् । महिलाले महरालाई पठाएको अर्को म्यासेजमा सबैतिर तेरो र्‍युमर फैलाउँछु भन्दै म्यासेज पठाएकी छिन् । उनले लेखेकी छिन्, सबैतिर तेरो र्‍युमर फैलाउँछु, अब सिजेलाई पनि सबै भने, तेरो उपसभामुखलाई पनि भनें मेसेज गरेर । हिँजो पुलिसलाई बयान दिएँ के के भको भनेर । तैंले पिटेका ठाउँ ठाउँका निलडाम मेरो औंला भाँचिने गरी बटारेको सुन्निएको सबै मोबाइलमा रेकर्ड गरेर लगेको छ । पम्फालाई म्यासेज गरें । गर्न सक्ने सबै गर्छु, तँलाई बचाएर के काम अब ?’

र, त्यसको लगत्तै उनले अर्को म्यासेज गरेकी छिन्, ‘तँ न माफीको लायक भइस्, न मायाको लायक ।’ महिलाको यही म्यासेजकाे अर्थ लगाउने हाे भने महरा र उनीबीच लामो समयदेखि प्रेम सम्बन्धमा रहेको हुनसक्ने संकेत गरेकाे छ । यद्यपि एम सर वान नाममा सेभ गरिएको म्यासेज महराले नै पठाएको हो कि होइन वा त्यो कुन नम्बर थियो भन्ने स्पष्ट भएको छैन । पहिले सार्वजनिक भएको ९८५१११६४५६ नम्बरको मोबाइल् भने महिलाले एम सरको नाममा सेभ गरेकी छिन् ।

प्रकाशित मिति : २०७६, १५ आश्विन बुधबार  ७ : ३७ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय