२०८२, १८ श्रावण आईतबार

दशैंको मुखमा दुःखद खबर, काभ्रेको मेथिनकोटमा बोलेरो दुर्घटना, १६ घाइते

दशैंको मुखमा दुःखद खबर, काभ्रेको मेथिनकोटमा बोलेरो दुर्घटना, १६ घाइते


धुलिखेल १४ असोज : कोभ्रेको नमोवुद्ध नगरपालिकाको वडा नं ४ जोरसल्ला भन्ने ठाउँमा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

नगरपालिकाको भित्री सडक खण्डको जोरसल्लामा हिजो मंगलबार दुर्घटना हुँदा घाइते परिवारको दशैं दुःखद बन्न पुगेको छ । भकुण्डेबेशीबाट तिमालबेशीतर्फ जादै गरेको ९०४२ नं को बोलेरो दुर्घटनामा परेको थियो । ट्रान्समिटर लोड बोकेको बोलेरो आफै अनियन्त्रित भई सडकको साईडमा पल्टिएर दुर्घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गाडीमा सवार १७ जना मध्ये चालक बाहेक १६ जना घाईते भएका छन् । प्रहरीले घटना लगत्तै उद्दार गरी स्थानीय मेथिनकोट अस्पतालमा प्राथमिक उपचार गराएको छ । प्राथमिक उपचार पछि घाइतेहरुको थप उपचारको लागि धुलिखेल अस्पतालमा पठाएको प्रहरीले बताएको छ ।१६ घाइतेमध्ये सामान्य अवस्थामा रहेका ७ जनाको मेथिनकोट अस्पतालमा उपचार भइरहेको छ ।

नमोवुद्ध न.पा.२ का चालक वर्ष २२ का राम कुमार श्रेष्ठको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा नमोवुद्ध–४ का भक्तबहादुर श्रेष्ठ, नमोवुद्ध नगरपालिका वडा नं ५ का लोकबहादुर श्रेष्ठ, रोशी–७ का चन्द्रकुमार तामाङ, राजकुमार तामाङ, माइला तामाङ, अजय तामाङ, कर्णबहादुर तामाङ, ग्याल्साङ तामाङ, दुर्गाबहादुर तामाङ, संग्राम तामाङ, दुधमान तामाङ, बीरसिंह तामाङ, माईला तामाङ, कान्छा तामाङ, सञ्मान तामाङ र विकास तामाङ, रहेका छन

प्रकाशित मिति : २०७६, १४ आश्विन मंगलबार  ९ : ०८ बजे

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन्

दुईवटा संसदीय समितको बैठक बस्दै, यस्तो छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानवीन सुरु

काठमाडौं । राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउन नेतृत्व गरेका पूर्व विशेष

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

रिटर्नीहरुको अगुवाईमा नवयुग ईन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न

काठमाण्ठौं । रिटर्नी फेडेरेसन नेपालद्धारा प्रर्वद्धन गरिएको नवयुग ईन्भेष्टमेन्ट कम्पनीको