२०८३, ७ कार्तिक शनिबार

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ


जलेश्वर, १३ असोज: महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा आज दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नेपाल नं ९ गण हेक्वा महोत्तरी, जलसागरका सशस्त्र प्रहरी उपरीक्षक मिरकृष्ण अधिकारीका अनुसार एक किलो ४०३ ग्राम चाँदीसहित दुई जना भारतीय युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको यदुपट्टी ग्राम पञ्चायत बस्ने २१ वर्षीय रोहित साह र २२ वर्षीय सुनिल ठाकुर रहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । बीआर–३०एम–७९९० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी बोकी मटिहानीबाट जलेश्वर आउँदै गरेका दुवै भारतीय युवकलाई शङ्का लागि सशस्त्र प्रहरीले हेक्वा जलसागर अगाडि नै जाँच गर्दा उनीहरु चाँदीसहित पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

उनीहरुले सो चाँदी नेपाल–भारत तस्करी गर्न लागिएको आशङ्का गरिएको छ भने चाँदीसहित पक्राउ परेका दुवै भारतीय युवकलाई चाँदी र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, १३ आश्विन सोमबार  ७ : ०५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना