२०८३, २१ भाद्र सोमबार

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ

डेढ किलो चाँदीसहित दुई भारतीय पक्राउ


जलेश्वर, १३ असोज: महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा आज दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नेपाल नं ९ गण हेक्वा महोत्तरी, जलसागरका सशस्त्र प्रहरी उपरीक्षक मिरकृष्ण अधिकारीका अनुसार एक किलो ४०३ ग्राम चाँदीसहित दुई जना भारतीय युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको यदुपट्टी ग्राम पञ्चायत बस्ने २१ वर्षीय रोहित साह र २२ वर्षीय सुनिल ठाकुर रहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । बीआर–३०एम–७९९० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी बोकी मटिहानीबाट जलेश्वर आउँदै गरेका दुवै भारतीय युवकलाई शङ्का लागि सशस्त्र प्रहरीले हेक्वा जलसागर अगाडि नै जाँच गर्दा उनीहरु चाँदीसहित पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

उनीहरुले सो चाँदी नेपाल–भारत तस्करी गर्न लागिएको आशङ्का गरिएको छ भने चाँदीसहित पक्राउ परेका दुवै भारतीय युवकलाई चाँदी र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, १३ आश्विन सोमबार  ७ : ०५ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको