२०८२, ६ फाल्गुन बुधबार

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री


काभ्रेपलाञ्चोक, १३ असोज :अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताउनुभएको छ । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकका प्रत्येक स्थानीय तहमा बैंकको सेवा पुग्नैपर्छ, अब पुस मसान्तभित्र पु¥याइसक्नेछौँ ।” विसं १९९४ देखि २०७४ सालसम्म मुलुकमा पाँच हजार बैंक शाखा रहेकामा वर्तमान सरकारले नौ हजार ८५० पु¥याएको उहाँले जानकारी गराउनुभयो । मन्त्री खतिवडाले बैंक, लद्युवित्त सहकारी, जुनसुकै वित्तीय संस्थालाई मात्रात्मकबाट गुणात्मकतामा लैजानुपर्नेमा जोड दिनुभयो ।

“सङ्ख्याको विस्तारलाई रुपान्तरण गरी सरकार जोडबलका साथ वित्तीय संस्था ‘मर्ज’ गर्ने विषयमा लागेको छ”, उहाँले भन्नुभयो । उहाँले १० वर्षसम्म सञ्चालन भई १० वटा पनि शाखा विस्तार गर्न नसक्ने बैंकले ग्रामीण भेगका जनतालाई सेवा दिन नसक्ने भएकाले तिनीहरुको औचित्य नभएको बताउनुभयो ।

मन्त्री खतिवडाले नेपालसँग अब आफैँ वित्तीय सेवा हाक्नसक्ने सामथ्र्य भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “अब स्थानीय र प्रदेश तहमा वित्तीय सेवा परिचालन गर्न संयन्त्र बनाउने, कानून निर्माण, सङ्घीय संरचना अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बीमा ऐन र धितोपत्र ऐन संशोधनको प्रक्रियामा छन्, यसपछि वित्तीय प्रणालीमा निकै सुधार हुनेछ ।” मुलुकमा गरीबीको रेखामुनि रहेका करीब ११ लाख जनसङ्ख्यालाई स्वरोजगारी वा अन्य कुनै ज्याला व्यवसायमा संलग्न गराई अबका तीन वर्षमा शून्य बनाउने गरी सरकार लागेको उहाँले बताउनुभयो ।

मन्त्री खतिवडाले ठूलो वित्तीय संस्था गाउँघर पुग्न नसक्दा मध्यम र साना व्यवसायीका लागि लघुवित्तीय संस्थाको अवधारणा ल्याएको स्मरण गराउँदै लघुवित्तीय मुनाफारहीत हुनुपर्नेमा जोड दिनुभयो । “लघुवित्तीय संस्थाले सामाजिक व्यवसायमा जोड दिई निश्चित नाफा लिनुपर्छ, अन्य सामाजिक काम ठान्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले सामुदायिक वन ऐनमा सङ्घीय सरकारले साल र खयरलाई समुदाय भन्दा बाहिर बिक्री गर्दा १० प्रतिशत कर लगाउने बोहक अन्य कुनै पनि कर नलगाएको र स्थानीय, प्रदेश तथा सङ्घमा कुनै प्रकारको दोहोरो कर नलगाइएको स्पष्ट पार्नुभयो ।

पूर्वमन्त्री हरि पराजुली, प्रदेशसभा सदस्य चन्द्र लामा, नपाका उपप्रमुख गीता बञ्जारालगायतले संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष बाबुराम थापाले हाल १० जिल्लाका १६ स्थानमा तथा आगामी पाँच वर्षमा ४३ जिल्लामा ६० शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, १३ आश्विन सोमबार  ६ : ०८ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १