२०८३, २० आश्विन बुधबार

रेडियो नमोबुद्ध १४ औँ वर्षमा प्रवेश

रेडियो नमोबुद्ध १४ औँ वर्षमा प्रवेश


धुलिखेल १२ असोजः काभ्रेको धुलिखेलबाट प्रसारण भइरहेको रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्ज आइतबार देखि चौधौँ वर्षमा प्रवेश गरेको छ ।

२०६३ साल असोज १२ गते स्थापना भएको रेडियो काभ्रे लगायत आसपासका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियो हो ।

चौधौँ वर्ष प्रवेशको उपलक्ष्यमा रेडियोले विशेष कार्यक्रम आयोजना गरी आफ्नो स्रोता, विज्ञापन दाता, संरक्षक र आजीवन सदस्य लगायतलाई धन्यवाद दिएको छ ।

धुलिखेलमा भएको कार्यक्रममा रेडियोका अध्यक्ष भक्त स्याङतानले समुदायको हितका लागि रेडियोले अझै धेरै काम गर्न आवश्यक रहेको बताए । त्यस्तै पूर्वअध्यक्ष जगतमान दोङले रेडियो सुनिने ठाउँमा सूचना प्रवाह र नसुनिने ठाउँमा समुदाय केन्द्रित कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष कुमार दोङले स्थानीय लोपउन्मुख भेषभूषा, रितीरिवाज, धर्म, संस्कृतिको संरक्षण, जर्गे र प्रचारप्रसारमा सामुदायिक रेडियोको भूमिका महत्व पूर्ण रहेको बताए ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाका अध्यक्ष टोम सापकोटाले २०७२ बैशाखको भूकम्प, बाढी, पहिरो जस्ता विपदका बेला रेडियो नमोबुद्धले खेलेको भूमिकाको विशेष रहेको औल्याए ।

युवा ब्यवसायी भेषराज शाहले विभिन्न अप्ठ्यारो परिस्थितिका बीच पनि रेडियो नमोबुद्धले समुदायको हितका लागि काम गरेको उल्लेख गर्दै अझ यसलाई समय सापेक्षा बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

रेडियोे नमोबुद्धका स्टेसन म्यानेजर हिरामान लामाले रेडियोले छिट्टै आफ्नै भौतिक पूर्वाधार निर्माण गर्ने बताए । उनले समाज सुहाउँदो विषयवस्तु समाचार, कार्यक्रम र पिएसए मार्फत रेडियोले प्रसारण गरिरहेको भन्दै आगामी दिनमा थप प्रभावकारी बनाउने बताए ।

रेडियोले अहिले तामाङ, दनुवार, शेर्पा, जिरेल, ह्योल्मो लगायत जातजातिको भाषाका कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७६, १२ आश्विन आईतबार  ६ : ३३ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय