२०८३, १७ बैशाख शुक्रबार

ज्ञानेन्द्र शाहीमाथि अज्ञात समुहको आक्रमण

ज्ञानेन्द्र शाहीमाथि अज्ञात समुहको आक्रमण


काठमाडौं, ११ असोज । चितवनमा माइक्रोबसमा सवार ज्ञानेन्द्र शाहीमाथि आज अज्ञात समुहले आक्रमण गरेको छ । ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रमका लागि शाही चितवन पुगेका थिए । शाहीलाई उनी बसेको ग्लोबल होटलबाट निस्कँदै आक्रमण गरिएको थियो । शाही सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चा बटुल्दै आएका थिए । चितवनको चौबिसकोठीमा रहेको होटलबाट निस्कँदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण भएपछि शाही सामान्य घाइते भएका छन्।

माइक्रोबसभित्र नै आक्रमण गरिएका शाहीलाई शाहीलाई प्रहरीले उद्धार गरी चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोइरालाले जानकारी दिएका छन् । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । शाहीले सभा गर्न लागेको स्थानमा प्रहरीले नदिएपछि फर्कन लाग्दा शाही सवार गाडीमा आक्रमण भएको बताई पनि प्रहरीले सभाको बारेमा जानकारी नभएको बताएको छ । स्थानीय चौबिसकोठीमा राखिएको ‘नेपालका लागि नेपाली’ अभियानको खबरदारी सभामा सहभागी हुन अधिवक्ता सुरेन्द्र भण्डारी र शाही चितवन पुगेको बताइन्छ । अज्ञात समूहले उनी चढेको गाडीमा ढुंगा प्रहार गरेको थियो। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेका छन् । केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध हुँदै आएको थियो । प्रहरीले झडपको खबर पाएपछि प्रहरी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७६, ११ आश्विन शनिबार  ८ : २६ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले