२०८३, ३० श्रावण आईतबार

दसैंकै मुखमा किन हुन्छ जाम ? १० चक्के सवारीलाई उपत्यका छिर्न निषेध

दसैंकै मुखमा किन हुन्छ जाम ? १० चक्के सवारीलाई उपत्यका छिर्न निषेध


काठमाडौं, ११ असाेज : राजधानी छिर्ने र बाहिरिने मुख्य सडक नागढुंगा-नौबिसे खण्डमा १२ घण्टासम्म जाम हुन थालेको छ । यसबाट दसैंका लागि घर जाने र राजधानी भित्रिनेहरूले सास्ती बेहोर्नुपरेको छ । जामकै कारण उपचार नपाएर बिरामीको ज्यानसमेत गएको छ । चाडपर्व सुरु हुनै लाग्दा थालिएको सडक मर्मतका कारण सवारी जाम बढेको हो । बिहीबारको तुलनामा शुक्रबार भने जाम कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रवि पौडेलले बताए ।

गत वर्ष पनि दसैंका बेला नागढुंगादेखि पिपला मोडसम्म सडक मर्मत गर्दा यात्रु लामो जाममा बस्न बाध्य भएका थिए । एक वर्षपछि त्यही समस्या दोहोरिएको छ । सडक विभागले सडक मर्मत गर्न थालेको दुई साता मात्र हुँदै छ । उसले काम सकेको छैन । विभागले भने सडक मर्मतका कारण जाम नभएको दाबी गरेको छ । राति १२ देखि ३ बजेसम्म मात्र सडक मर्मतको काम भइरहेको विभागको भनाइ छ ।

‘नागढुंगा-नौबिसे खण्डमा एकदमै जाम भएको छ, बढी सवारीसाधन गुड्ने यो सडकलाई बर्सेनि टालटुल गरी चलाउनुपर्ने बाध्यता छ,’ विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले भने, ‘पानी पर्न थालेपछि मर्मतको काम भएको छैन, मर्मत गरिएको सडकसमेत पानीले बिग्रिएको छ ।’ लरी (१८ चक्के सवारीसाधन) बिग्रिएका कारण यो खण्डमा जाम बढेको उनले दाबी गरे । यो सडकमा दैनिक ८ हजारभन्दा बढी सानाठूला सवारी गुड्छन् । चाडपर्वका बेला यो संख्या दोब्बर हुन्छ ।

‘क्षमताभन्दा बढी सामान बोकेर आउने सवारीसाधनका कारण यो खण्डमा बढी जाम हुने गरेको छ,’ सापकोटाले भने, ‘अहिले भएकै त्यही हो, जाम घटाउन हामी लागिपरेका छौं ।’ बुधबार राति पनि १८ चक्के लरी बाटोमै बिग्रँदा जाम भएको एसपी पौडेलले जानकारी दिए । ‘पानी परिरह्यो, त्यसलाई राति नै निकाल्न सक्ने अवस्था भएन,’ उनले भने, ‘बिहीबार बिहान पानी पर्न कम भएपछि निकाल्यौं । त्यसपछि पनि फेरि ६ वटा गाडी बिग्रिँदा समस्या भयो ।’ राजधानीबाट बाहिरिनेभन्दा भित्रिने सवारीलाई बढी समस्या छ । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

प्रकाशित मिति : २०७६, ११ आश्विन शनिबार  ८ : ११ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन