२०८३, २४ भाद्र बिहीबार

घटस्थापनाको दिन सार्वजनिक बिदा

घटस्थापनाको दिन सार्वजनिक बिदा


कास्की, १० असोज : गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिनसक्ने व्यवस्थाअनुसार विभिन्न पक्षको मागअनुसार बिदाको निर्णय गरिएको उहाँको भनाइ छ । मन्त्रिपरिषद् बैठकले बाल सुधार गृह, हिरासत र थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका स्वीकृत गर्ने, ‘दिगो विकास लक्ष्य ः गण्डकी प्रदेशको आधार रेखा’ प्रतिवेदन स्वीकृत गर्ने, गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काफलडाँडा मान्द्रे वन उपभोक्ता समितिको नामको १५ रोपनी जमीन उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी जनजागृति माध्यमिक विद्यालयमा गाभिएको पोखरा–१८ सराङकोटको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमीन प्रदेशको सूचना प्रविधि उद्यान निर्माणका लागि उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने तथा पर्वत मोदी गाउँपालिकाका जुद्धबहादुर गुरुङलाई सहसचिव सरह सेवा सुविधा हुने गरी पर्यटन वर्ष सन् २०१९ देखि २०२२ सम्म कार्य सञ्चालनका लागि संयोजक नियुक्त गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०७६, १० आश्विन शुक्रबार  ६ : ३० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको