२०८२, २२ जेष्ठ बिहीबार

चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण सुनिश्चित, मिति तय हुँदैछ : प्रवक्ता बाँस्कोटा

चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण सुनिश्चित, मिति तय हुँदैछ : प्रवक्ता बाँस्कोटा


काठमाडौँ, ९ असोज : छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको सन्निकट नेपाल भ्रमणका सन्दर्भमा विभिन्न चर्चा भइरहेका बेला सरकारले भ्रमणको सुनिश्चित भए पनि मिति भने नटुङ्गिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा रहेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक र फलदायी बनाउन सबै प्रकारको तयारी गरिने उल्लेख गर्नुभयो ।

मन्त्रिपरिषद्को असोज ७ गते भएको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भन्नुभयो, “हामी (सरकार) चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा छौँ, भ्रमणको मिति समयक्रमसँगै टुङ्गो लाग्छ, हामी यस प्रकारका भ्रमणलाई उच्च महत्व र सम्मान पनि दिन्छौँ ।” उहाँले उहाँ(सी)को भ्रमणलाई द्विपक्षीय हित तथा सम्बन्ध नयाँ उचाइमा पु¥याउने गरी सरकारका तर्फबाट मात्र नभई सञ्चारमाध्यम र नागरिकका तर्फबाट पनि सकारात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले समस्यारहित सम्बन्ध रहेको छिमेकी मुलुक चीन अहिले विश्वको दोस्रो शक्तिशाली मुलुकको रुपमा रहेको र त्यहाँबाट विगत २३ वर्षदेखि उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा चिनियाँ राष्ट्रपतिको भ्रमणलाई विशेष महत्वका साथ लिइएको उल्लेख गर्नुभयो ।

नेपाल सरकारले आफ्नो कूटनीतिक मामिला सञ्चालनमा यो वर्षलाई नयाँ उच्चस्तरीय भ्रमणको आदानप्रदानको वर्षको रुपमा नीति र कार्यक्रममै स्पष्ट रुपमा अघि बढाएकाले उत्तरी, दक्षिणी तथा युरोपियन वा अमेरिकन जुनसुकै मुलुक र मित्रराष्ट्रका भ्रमण भइरहनुपर्छ भन्ने सरकारको मान्यता रहेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले विश्वमै द्रुत गतिमा विकसित हँुदै गइरहेको छिमेकी मुलुक चीनको आर्थिक, सामाजिक उपलब्धिबाट नेपालले पनि लाभ लिन चाहेको बताउनुभयो ।

यही असोज ६ र ७ गते काठमाडौँमा भएको नेपाल र चीनका दुई सत्तारुढ पार्टीले पहिलोपटक संयुक्तरुपमा आयोजना गरेको विचारधारात्मक प्रशिक्षणलाई लिएर नेकपा सी चिनपिङ विचारधारामा अघि बढेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, “नेकपा नेपाली जनताको पथतिर लाग्छ, (कुनै पनि देशको क्रान्ति वा परिवर्तन त्यस देशका जनताद्वारा निर्धारित हुन्छन् जुन समयको मागअनुरुप हुन्छ) ।”

“विचार गोष्ठीलाई लिएर केहीले ‘तामझाम, बेइजिङ निर्यात विचार’ भनेर लेखेका छन् कुनै पनि विद्वान्, दार्शनिकका राम्रा विचारलाई जसले जसरी पनि ग्रहण गर्नसक्छ, ‘डेमोक्रेसी र समाजवाद’ पनि अन्य मुलुकमै विकसित भएको हो नि, त्यसैले अचम्मका विषयमा बहस पैरवी गरेर समयको बर्बादी नगरौँ बरु चिनियाँ राष्ट्रपतिको भ्रमणको सन्दर्भलाई लिएर मुलुकले कसरी आर्थिक लाभ लिनसक्छ, त्यसतर्फ एकजुट भएर लागौँ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

सरकारका मन्त्री सहभागी विचार गोष्ठीमा सहभागी भएको भन्ने सन्दर्भमा मन्त्री बाँस्कोटाले नेकपाकै सरकार भएकाले त्यसका मन्त्री कार्यक्रममा सहभागी हुनु कुनै नौलो विषय नभएको पनि स्प्रष्ट पार्नुभयो । विषयलाई अन्यत्र तोडमोड नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “हामी जनअनुमोदनमाथि विश्वास गर्दछौँ ।”

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  ७ : ३० बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक