२०८३, २४ भाद्र बिहीबार

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप

निरीह मानवअधिकार आयोग : गैरन्यायिक हत्याको श्रृंखला बढ्दो, सत्यतथ्य गुपचुप


काठमाडौं, असोज ९ : राष्ट्रिय मानवअधिकार आयोगबाट भएको गैरन्यायिक हत्याको छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेका छैनन् । विवादास्पद घटनामा आयोगको धारणा नै सार्वजनिक नहुनुले गैरन्यायिक हत्याको शृंखला बढ्दो छ । आयोगले विभिन्न घटनाका छानबिन प्रक्रिया पूरा गरेको बताए पनि घटनाको सत्यतथ्य सार्वजनिक भने गर्न सकेको छैन ।

गैरन्यायायिक हत्याको छानबिन समितिमा रहेको मानवअधिकार आयोगका सदस्य गोविन्द पौड्यालले छानबिन पूरा गरेर अध्यक्षलाई प्रतिवेदन बुझाएको बताउँछन् । ५ असारमा राज्यद्वारा प्रतिबन्धित पार्टी विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीबाट हत्या भयो । दोस्रो दिन राष्ट्रिय मानवअधिकार आयोगले सो हत्याको विषयलाई लिएर छानबिन टोली गठन गरेको विज्ञप्तिमार्फत जनाएको थियो ।

एक महिनापछि आयोगले प्रहरी र स्थानीयसँग छानबिनका लागि अनुसन्धान थालेको थियो ।प्रहरीले सो घटनामा मारिएका पौडेल मुठभेडमा मारिएको भनेको छ । तर, मानवअधिकार आयोगले अनुसन्धानको प्रक्रिया नटुंगिँदै प्रहरीको बयान सार्वजनिक हुनुले सो घटनामाथि शंका गरेको थियो । तर, पनि आयोगले सो घटनालाई गैरन्यायिक हो भनेर स्पष्टसँग भन्न नसक्नुलाई आयोग प्रभावित भएको विज्ञ आरोप लगाउँछन् ।

छानबिन गरेको विषयलाई गोप्य राख्नुको साटो आयोगबाट नाम सार्वजनिक भएपछि प्रहरीले आपत्ति जनाएको थियो । सरकारको तर्फबाट गृहमन्त्रालयले भने सो घटनालाई मुठभेड भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  ७ : ०४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको