२०८३, ३० श्रावण आईतबार

तीन पैसामै इन्टरनेट !

तीन पैसामै इन्टरनेट !


काठमाडौं, असोज ६: मोबाइलमा इन्टरनेट चलाईरहँदा ब्यालेन्स सकिएको पत्तै नपाउने बाध्यता बेहोर्नुपरेका प्रयोकर्ताका लागि यो शीर्षक पत्यार नलाग्न सक्छ। हुन पनि विश्व औसतको तुलनामा केह महँगो नेपालको इन्टरनेट ती सस्तोमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वस गर्ने आधार दूरसञ्चार सेवा प्रदायकले तयार गर्न सकेका छैनन्। यद्यपी भ्वाइसबाट विस्तारै डेटा बवारतर्फ केन्द्रित हुँदै गरेका टेलिकम कम्पनीबीचको प्रतिस्पर्धाले मोबाइल डेटा प्रतिएमबी तीन पैसासम्म झरेको छ।

नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमसहित अहिले तीनवटा सेवा प्रदायकले मोबाइल सेवा प्रदान गरिरहेका छन्। यी तीनै कम्पनीले चौथो पुस्ताको इन्टरनेट प्रविधि फोरजी पनि उपलब्ध गराइरको छन्। विशेष अवसर अथवा दिवसहरुमा तीनै कम्पनीबीच सस्तोमा डेटा प्याक बेच्ने होडबाजी नै चल्छ। यसपटक पनि यस्तै भयो भन्ने खबर गाेरखापत्र दैनिकमा छ। संविधन दिवसलाई लक्षित गर्दै नेपाल टेलिकम र स्मार्ट टेलिकमले संविधान विशेष प्याकेज सार्वजनिक गरे।

यी दुवै कम्पीको प्याक घोषणाको एक दिन अघि नै एनसेलले ‘मेरो प्लान’ नामक प्याकमा विभिन्न पाँचवटा डेटा केन्द्रित सुविधा सार्वजनिक गर्यो। टेलिकमले असोज १ देखि १५ गतेसम्म लिन सकिने गरी सार्वजनिक गरेको संविधान दिवस अफरमा एक सय रुपैयामा तीन जीबी डेटा उपलब्ध गराइरेको छ। प्रत्येक दिन एक जीबी डेटा प्रयोग गर्न सकिने यो अफरमार्फत ग्राहकले प्रतिएमबी औसत तीन पैसामै इन्टरनेट चलाउन पाउने छन्।

प्रकाशित मिति : २०७६, ६ आश्विन सोमबार  ७ : ०१ बजे

वाम आन्दोलनको भविष्यबारे आज निर्णायक बहस : ‘अब कम्युनिष्ट आन्दोलन के गर्ने ?’

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनभित्र बढ्दै गएको वैचारिक अन्योल, विभाजन

भृकुटीमण्डपमा भविष्यको मोबिलिटीको झलक : पाँच दिनमै डेढ लाख दर्शक, आज नाइमा एक्स्पोको अन्तिम दिन

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को

इजरायल चुनावमा नेतन्याहुलाई झट्का, आइजेनकोटको यशार २५ सिटसहित पहिलो

काठमाडौं । इजरायलको आगामी आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीलाई

रोल्पामा पाँच दिनमै पहिरोबाट १७ जनाको मृत्यु, एक अझै बेपत्ता

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा रोल्पामा थप

पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश