२०८३, ५ आश्विन मंगलबार

दशैंको अग्रिम टिकट बुकिङ भोलिबाट

दशैंको अग्रिम टिकट बुकिङ भोलिबाट


काठमाण्डौँ ४ असोज : दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि भोलि आइतबारबाट बसको टिकट बुकिङ खुला हुने भएको छ ।

यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ सुरु गर्न लागिएको हो । आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु हुन लागेको हो । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

आइतबारबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ । दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् ।

टिकट बुकिङ खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने भएको छ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने विभागमा निर्देशक तिर्थराज खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ७ : ३९ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको