२०८२, १८ मंसिर बिहीबार

चाडपर्वमा आवागमन सहज बनाउन भारतीय पक्ष सहमत

चाडपर्वमा आवागमन सहज बनाउन भारतीय पक्ष सहमत


काठमाण्डौ ४ असोज: नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल ९एसएसबी०, भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिनुभयो ।

उहाँले चाडपर्व लक्षित नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा कार्यक्रम लागू गर्ने विषयमा पनि दुबै पक्षबीच छलफल र समन्वय भएको बताउनुभयो ।

“चाडपर्वका बेला सीमाक्षेत्रमा नेपालीहरु लुटिने र ठगिने क्रम भएका विगतका घटनालाई मध्यनजर गर्दै हामीले सीमावर्ती भारतीय सुरक्षा निकायसँग सुरक्षित आवागमनका लागि पहल शुरु गरेका छौँ ।” सशस्त्र प्रहरी उपरीक्षक साहुले भन्नुभयो, “सीमा क्षेत्रमा हुने लागुऔषध र मानव बेचविखन नियन्त्रणका लागि पनि दुवै देशका सुरक्षा निकायबीच गस्ती र सर्तकता बढाउने सहमति भएको छ ।”

“ब्रह्मदेव, दोधारा चादँनी र गड्डा चौकीमा संयुक्त हेल्प डेस्कलाई थप प्रभावकारी बनाइने सहमति भएको छ”, उहाँले भन्नुभयो, “नागरिकको बढी आवातजावत हुने सिमानामा थप हेल्प डेस्क राख्ने तयारीमा छौँ ।” उहाँले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्तीसमेत हुँदै आएको बताउँदै पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा थप सर्तकता अपनाउनुका साथै नयाँ सुरक्षा योजना ल्याइने जानकारी दिनुभयो । RSS

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ६ : ५६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको