२०८२, ३ माघ शनिबार

अन्तर्राष्ट्रिय रङ्गशाला बन्छ : सांसद बस्नेत

अन्तर्राष्ट्रिय रङ्गशाला बन्छ : सांसद बस्नेत


मध्यपुरथिमि, ३ असोज  : सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टी ९नेमकिपा० ले विरोध गरे पनि भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाएरै छाड्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित श्री सहकारीको कार्यक्रममा उहाँले सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा नेमकिपाले विरोध गरेर अवरोध गरे पनि त्यही ठाउँमा रङ्गशाला निर्माण गरेरै छोड्ने बताउनुभएको हो ।

नेमकिपालाई विकास गर्न नसके पनि विकासको काममा विरोध नगर्न चेतावनी दिँदै सांसदले बस्नेतले भन्नुभयो, “भक्तपुरका जनताले मात्र चिनेको नेमकिपालाई भक्तपुरको सांसदको तर्फबाट मेरो शुभकामना छ, यहाँको पार्टी भएकाले भक्तपुरको विकासका लागि सोच्न अनुरोध गर्दछु, विकासको बाधकका रुपमा होइन, विकासको सहयोगीको रुपमा अगाडि बढोस् ।”

सांसद बस्नेतले निर्वाचनपछिको एक वर्षमा सरकारले २०० वटा कानून निर्माण गरिसकेको बताउँदै दुई वर्षको अवधिमध्ये पहिलो वर्ष आधार वर्षका रूपमा मनाएको र अबको वर्ष समृद्धिको वर्ष भएको बताउनुभयो ।

उहाँले कुनै समय सिंहदरबारले भक्तपुरलाई नचिन्ने अवस्था रहेको चर्चा गर्दै आफूले चुनाव जितेर प्रतिनिधिसभामा प्रवेश गरेसँगै अहिले भक्तपुरमा विकासको लहर आएको जिकिर गर्नुभयो । रासस

प्रकाशित मिति : २०७६, ३ आश्विन शुक्रबार  ७ : १४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको