२०८२, ५ पुस शनिबार

लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेसको जनजागरण

लोकतन्त्र सुदृढीकरणका लागि काङ्ग्रेसको जनजागरण


काठमाडौँ, ३ असोज : शान्ति, स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि नेपाली काङ्ग्रेसले दोस्रा चरणको जागरण अभियान गरेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश नं ९१० ले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेतले सरकारका काम सन्तोषजनक नभएको आरोप लगाउँदै जनजागरणमार्फत लोकतन्त्रका लागि पहरेदारी गर्न देशभर अभियान चलाइएको बताउनुभयो । संसद्मा पेश भएका विधेयकमा लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउन खोजिएकोले खबरदारी गर्न काङ्ग्रेस लागेको उहाँले बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जनताले आशा गरेअनुसार विकास निर्माण गर्न तीनै तहका सरकारबीच समन्वयमा काम हुन नसकेको जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि उर्मिला केसी, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, क्षेत्र नं ३, प्रदेश ९१० सभापति सत्यभामा श्रेष्ठ, काठमाडौँ महानगरपालिका–६ का सभापति भुवन लामालगायतले जागरण कार्यकर्तामै सीमित हुनु नहुनेमा जोड दिनुभयो ।

भदौ २४ गतेदेखि शुरु भएको पार्टीको दोस्रो चरणको जागरण अभियान असोज ७ गते समापन हुने कार्यक्रम छ । यसैगरी संविधान दिवसका अवसरमा पार्टीको महानगर–६, गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ ले जोरपाटी चोकमा दीपावली गर्ने कार्यक्रम रहेको छ । रासस

प्रकाशित मिति : २०७६, ३ आश्विन शुक्रबार  ७ : ०२ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा