२०८२, ६ फाल्गुन बुधबार

राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदान : योगेश भट्टराई

राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदान : योगेश भट्टराई


काठमाडौँ, २ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गीत सङ्गीतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको छ । सांस्कृतिक संस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज साँझ राष्ट्रिय नाचघरमा आयोजित ‘सारङ्गीमा देश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाली समाजलाई सङ्गीतको माध्यमबाट राष्ट्रलाई योगदान गर्ने गन्धर्व जातिको योगदान अविस्मरणीय रहेकोसमेत उल्लेख गर्नुभयो ।

मन्त्री भट्टराईले भन्नुभयो, “नेपालको एकतासँगै आगामी यात्राको अठोट र नेपाली जनताको भावनात्मक सम्बन्धलाई सारङ्गीको धुनले माथि उठाउन सहयोग गर्ने मेरो विश्वास छ ।” जसरी संविधान अनुपम र नवीन छ त्यसरी नै नेपालको गीत, सङ्गीत, साहित्य र जातजातिको क्षेत्र पनि विशिष्ट रहेको भन्दै उहाँले देशभरमा विगतदेखि आजसम्म विभिन्न जाति र जनजातिले जन्मदेखि मृत्युसम्म बजाइने बाजाको गौरवपूर्ण इतिहास रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले सात हजारभन्दा बढी बाजा सङ्कलन गरिसकेकाले यसलाई छिट्टै राष्ट्रिय सङ्ग्रहालयमा राख्ने योजना रहेको जानकारी दिनुभयो । बाँकी बाजा खेज्ने अभियानमा सरकार रहेको उहाँको भनाइ थियो । संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने संविधानसभालगायत साथ र सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभयो । सो क्रममा २० जना सारङ्गीवादकले विभिन्न भाकामा सारङ्गी रेटेर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ९ : २० बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १