२०८२, २४ चैत्र बुधबार

संविधानमा सम्झौता गर्न सकिँदैन : उपप्रधानमन्त्री पोखरेल

संविधानमा सम्झौता गर्न सकिँदैन : उपप्रधानमन्त्री पोखरेल


ललितपुर, २ असोज: उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चार वर्षअघि विसं २०७२ असोज तीन गते निर्माण गरेको संविधानको पटक–पटक सम्झौता गर्न नसकिने बताउनुभएको छ । ‘कन्स्टिच्युसन वाच ग्रुपले’ आज आयोजना गरेको ‘नेपालमा लागू भएको वर्तमान संविधानलाई हेर्ने दृष्टिकोण’ विषयको कार्यक्रममा मन्त्री पोखरेलले नेपाली लाखाँै जनताको सहमतिद्वारा निर्माण भएको संविधानमा कुनै पनि कमजोरी नरहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।

“सरकारले यस संविधानको अधिनमा रही भष्टाचार मुक्त समाज निर्माण गर्न चाहेको छ”, रक्षामन्त्रीले भन्नुभयो, “प्रदेश तथा स्थानीय तहमा मानव स्रोत र वित्तीय व्यवस्थापन, कर्मचारी भर्ना अभियान, पुरानै ठेकेदारले काम गर्ने प्रवृति रहँदा हाल समाजमा विवाद उत्पन्न हुन गएको हो ।” डेढ वर्षअघि आफू सरकारमा आएपछि दीर्घकालीन आयोजना निर्माणमा उल्लेख्य प्रगति, विगतमा भन्दा छिमेकी मुलुकसँग राम्रो संवाद बढेको, वैदेशिक रोजगारीमा संरक्षात्मक सुधारका कार्य अघि बढेको, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षाको विषयमा उल्लेख्य प्रगति भएको उहाँले जानकारी दिनुभयो ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विसं २०७२ को संविधान निर्माण गर्न सर्वसाधारण जनतादेखि वनमा बस्ने राउटेसम्मको धारणा लिएको जानकारी गराउनुभयो । “यो संविधान २०४७ सालको संविधानभन्दा पनि सुधारिएको, सम्झदारी र सम्झौताको दस्तावेज हो”, नेम्वाङले भन्नुभयो, “सो संविधान परिवर्तन गर्न चाहानेले राजनीतिक परिवर्तन गर्न आवश्यक छैन, केवल जनताको मत जिते पुग्छ ।”

सर्वोच्च अदालतका न्यायधीश ईश्वर खतिवडाले न्यास क्षेत्रको लगानी विगतको वर्षमा भन्दा यसवर्ष झन थोरै भएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतको वर्ष सरकारले न्यास क्षेत्रमा रु १४ अर्ब बजेट विनियोजन गरेकोमा यसवर्ष भने जम्मा रु ६ अर्ब विनियोजन गरी आर्थिक अवस्थालाई कमजोर बनाउँदै लगेको छ ।” वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले वर्तमान सत्ता पक्ष र प्रतिपक्षबीच असम्झदारी बढ्दै जाँदा संविधान चुनौती परेको बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ९ : १६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि