२०८२, १२ माघ सोमबार

सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड गरेको छैन : नेता शर्मा

सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड गरेको छैन : नेता शर्मा


काठमाडौँ, २ असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड नगरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले संविधानको मूलमर्म र भावना विपरीत कार्य गर्ने अधिकार कसैलाई नभएको भन्दै सत्ता पक्ष र प्रतिपक्ष लोकतान्त्रिक आन्दोलनका सहयात्री भएको बताउनुभयो ।

सङ्घीय संसद्को चौथो अधिवशेन अन्त्यको अवसरमा धारणा राख्दै नेता शर्माले सभाका बैठकमा सांसदको सक्रिय सहभागिता र उपस्थिति, समिति सभापतिको भूमिका र सरकारका मन्त्रीहरुको महत्वपूर्ण सहभागिता रहेको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभा बैठक कतिपय अवस्थामा सरकारको छायाँजस्तो पनि देखिएको टिप्पणी गर्नुभयो । उहाँले संसद्ले निर्माण गर्ने कानून सत्ता पक्ष र प्रतिपक्षका लागि नभई समग्र जनताका लागि भएकाले विवेकलाई धरौटीमा नराखी मनको वास्तविक अभिलाशाअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

अधिवेशन अन्त्यको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृर्षेशचन्द्र लालले केही समययता नेताहरुबाटै राज्य प्रणालीमाथि खतरा देखिएको भन्ने अभिव्यक्ति आएको भन्दै यसमा कुनै खतरा नरहेको स्पष्ट पार्नुभयो । उहाँले राज्य प्रणालीमाथि खतरा देखिए वर्तमान राजनीतिक नेतृत्व बढी जिम्मेवार हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सङ्घीय समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले संसद् बैठकको शून्य र विशेष समयमा उठाइका विषय सरकारबाट उचित सम्बोधन नहुने गरेको आरोप लगाउँदै मुुलुकमा विभिन्न भ्रष्टाचार र अनियमितताका घटना बढे पनि सरकार गम्भीर हुन नसकेको टिप्पणी गर्नुभयो । सङ्घीय संसद्को चौथो एवं बजेट अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट सोसम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा यसअघि विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले आर्थिक वर्ष २०७५÷७६ को समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ७ : २५ बजे

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी