२०८२, ६ फाल्गुन बुधबार

न्युयोर्कमा संविधान दिवस समारोह

न्युयोर्कमा संविधान दिवस समारोह


काठमाडौँ, १ असोज : संविधान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोग र न्युयोर्कस्थित महावाणिज्य दूतावासद्वारा मङ्गलबार न्युयोर्कमा एक स्वागत समारोहको आयोजना गरियो ।

त्यस अवसरमा अतिथिहरूको स्वागत गर्दैै संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राईले शिष्ट र सभ्य राष्ट्रहरूको समूहको एक सदस्य देश नेपाल युगौँदेखि शान्तिप्रिय र जिम्मेवार मुलुकका रुपमा रहेको बताउनुभयो ।

चार वर्षअघि निर्वाचित जनप्रतिनिधिले तयार गरी संविधानसभाबाट जारी नेपालको संविधानले राजनीतिक रुपान्तरणलाई संस्थागत गरेको जानकारी दिँदै उहाँले ‘समृद्ध नेपाल, खुशी नेपाली’ राष्ट्रिय आकाङ्क्षा साकार पार्न दिगो आर्थिक विकासको पथमा नेपाल अग्रसर भइरहेको बताउनुभयो ।

समारोहमा न्युयोर्कस्थित कूटनीतिक नियोगका पदाधिकारीका साथै संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारी, व्यापारी तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको न्युयोर्कमा रहेको स्थायी नेपाली नियोगले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  १० : ३२ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १