२०८२, २० श्रावण मंगलबार

नेपालगञ्ज उडेको विमान धनगढी र गोरखाबाट उडेको हेलिकप्टर सिउरेनीटारमा अवतरण

नेपालगञ्ज उडेको विमान धनगढी र गोरखाबाट उडेको हेलिकप्टर सिउरेनीटारमा अवतरण


काठमाडौं १ असोज : गोरखा मनास्लु क्षेत्रबाट काठमाडौँका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ । खराब मौसमका कारण हेलिकप्टरले उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका– ८ सिउरेनिटारमा आकस्मिक अवतरण गराइएको हो ।

हेलिकप्टरमा तीन जना यात्रु सवार रहेको गण्डकी गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । लगातार परेको झरीका मौसम खराब भएकाले दुई दिनदेखि उक्त हेलिकप्टर सामागाउँमै रोकिएको थियो ।

खराब मौसमका कारण आज बिहान मात्र काठमाडौँका लागि उडेको हेलिकप्टर १० बजेतिर आकस्मिक अवतरण गरिएको गोरखाका प्रहरी प्रमुख प्रहरी ओम अधिकारीले जानकारी दिनुभयो । सामागाउँबाट गोरखाको केरौँजा,धादिङ हुँदै काठमाडौँका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण सिउरेनीटारतिर पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । काठमाडौँबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब बिहीबार बिहान ७ बजे धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिनुभयो ।

नेपालगञ्जमा बिहानैदेखि अविरल वर्षा भए पनि नेपालगञ्ज विमानस्थलबाट हुने अन्य नियमित उडान भने नरोकिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  १० : २२ बजे

एमाले विधान महाधिवेशन विचार, संगठन र कार्यदिशाको नयाँ जग हो : महासचिव पोखरले

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको आसन्न

नेपाललाई भूजडित बनाउने लक्ष्यस् ओलीले भारत–चीनसँग सहकार्यको खाका कोरे

आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले आज

बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वको सरकारमा पाँच नयाँ अनुहार

हेटौंडा । बागमती प्रदेशमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न

प्रधानमन्त्री ओलीको सहभागितामा एलएलडिसी सम्मेलन सुरु

काठमाडौं । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजित भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो