२०८३, ३० श्रावण आईतबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौँ, १ असोज  : काठमाडौँ महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्वयम्भूको अन्नपूर्ण चोकमा बा३ख १८३३ नंको यात्रुवाहक बसले ठक्कर दिँदा बा९८प २७१५ नंका चालक सानोभ¥याङ निवासी २० वर्षीय सम्मान भट्टको मङ्गलबार राति मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले दुर्घटनामा गम्भीर घाइते भट्टको वनस्थली ढुङ्गेधारामा रहेको साइबाबा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न बसका चालक नुवाकोट तारकेश्वरका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको सुवेदीले बताउनुभयो । मृतकको शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाइएको वृत्तले जनाएको छ । रासस

 

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ६ : ५७ बजे

भृकुटीमण्डपमा भविष्यको मोबिलिटीको झलक : पाँच दिनमै डेढ लाख दर्शक, आज नाइमा एक्स्पोको अन्तिम दिन

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को

इजरायल चुनावमा नेतन्याहुलाई झट्का, आइजेनकोटको यशार २५ सिटसहित पहिलो

काठमाडौं । इजरायलको आगामी आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीलाई

रोल्पामा पाँच दिनमै पहिरोबाट १७ जनाको मृत्यु, एक अझै बेपत्ता

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा रोल्पामा थप

पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश

वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी