२०८२, २६ कार्तिक बुधबार

शिखर सम्मेलनमा बालविवाह अन्त्य गर्ने विषय उठान गर्न माग

शिखर सम्मेलनमा बालविवाह अन्त्य गर्ने विषय उठान गर्न माग


काठमाडौँ, १ असोज : बालविवाह अन्त्य गर्ने अभियानमा क्रियाशील रहेका विभिन्न १७ वटा गैरसरकारी सस्थाले दिगो विकाससम्बन्धी शिखर सम्मेलनमा बालविवाहको विषयलाई उठान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यही असोज ६ र ८ गते न्युयोर्कमा आयोजना हुने सो शिखर सम्मेलनमा नेपालले भाग लिँदैछ । दिगोे विकासका लक्ष्यलाई सन् २०३० भित्र हासिल गर्न बालविवाह अन्त्य गर्न जोड समेत दिइएको छ । ‘गल्र्स नट ब्रिड्स नेपाल’ नामक संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारको सो ध्यानाकर्षण गराइएको हो ।

नेपाल बालविवाहको दर उच्च रहेको मुलुकभित्र पर्दछ । दक्षिण एशियामा बङ्गलादेशपछि नेपाल बालविवाह हुनेमा दोस्रो स्थानमा रहेको छ । सन् २०१६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार १८ वर्ष नपुग्दै विवाह हुने ३९ प्रतिशत रहेको छ । मुलुकी अपराध संहिताले विवाहको उमेर २० वर्ष तोकेको छ । संविधानमा बालविवाहलाई बाल अधिकार हनन र दण्डनीय अपराधको रुपमा उल्लेख गरेको छ तर नेपालमा बालविवाह नरोकिएको आयोजक सस्थाले जनाएको छ । संयुक्त राष्ट्रसंघको सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न साधारणसभाले दिगो विकास लक्ष्य पारित गरेको थियो ।

शिक्षा, स्वास्थ्यलगायत विभिन्न १७ वटा लक्ष्यअन्तर्गत बालविवाह अन्त्यलाई विशेष जोड दिएको छ । सो लक्ष्यको ५।३ मा ‘बालविवाह, कम उमेरको विवाह, जवरजस्ती विवाह र महिलाको योनी छेदनजस्ता गलत र हानिकारक अभ्यासलाई विश्वबाट निर्मूल गर्ने’ उल्लेख गरिएको छ ।

आयोजक सस्थाका महासचिव आनन्द तामाङले दिगो विकास लक्ष्य हासिल गर्न सरकारले लगानी बढाउन र भएका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभयो । उहाँले अगामी शिखर सम्मेलनमा नेपालले बालविवाह अन्त्यसम्बन्धी विषयलाई जोडदार रुपमा उठान गर्न आग्रह गर्दै बालविवाह अन्त्यका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

शिखर सम्मेलनमा नेपालले सो विषयलाई उठान गर्दा बालविवाह अन्त्य गर्न थप लगानी जुट्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बालविवाह अन्त्य गर्ने नीतिगत र कानूनी व्यवस्था भए पनि व्यवहारिक रुपमा नेपालमा बालविवाहको समस्या बढ्दो रहेको छ । रासस

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ५ : ४५ बजे

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि

उज्यालो नेपाल पार्टी’मा डाक्टर-इञ्जिनियरको भीड : कुलमान घिसिङको टोली सार्वजनिक

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान