२०८२, १८ श्रावण आईतबार

बसले ठक्कर दिँदा एकको मृत्यु

बसले ठक्कर दिँदा एकको मृत्यु


कञ्चनपुर, १ असोज  : कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक आज ना ५ ख २०७३ नंको बस र से ७ प ५३२६ नं को मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् । कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि भारततर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो ।

बस र बसका चालक दाङ जिल्ला शान्ति नगरपालिका– ३ का ३६ वर्षीय रुपलाल खड्कालाई इप्रका झलारीले नियन्त्रणमा लिएको छ । शवको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा लगिएको छ । मोटरसाईकलले सडक पार गर्ने क्रममा तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।  रासस

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ५ : १९ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन