२०८२, २९ चैत्र सोमबार

आज विश्वकर्मा पूजा, किन र कसरी गर्ने ? हेर्नुहोस् (विधिसहित)

आज विश्वकर्मा पूजा, किन र कसरी गर्ने ? हेर्नुहोस् (विधिसहित)


काठमाडौ १ असोज  : हस्तशिल्पी कलाकार भगवान विश्वकर्माको जयन्ती अर्थात् विश्वकर्मा दिवस अर्थात् विश्वकर्मा पूजा विश्वभरका हिन्दूहरुले आईतबार मनाउँदैछन् ।

हरेक वर्ष भाद्र कृष्ण द्वादशीको दिन मनाईने विश्वकर्मा पूजाको दिन सबै निर्माण कार्यमा उपयोग हुने हतियारको तथा औजारको पूजा गरिन्छ ।उद्योग जगतका देवता भगवान विश्वकर्माको जयन्तीको दिन विधि विधानले उनको पूजा गर्दा विशेष फल पनि प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । विश्वकर्माले पूरै सृष्टिको निर्माण गरेका थिए ।

त्यसैले उनलाई र्सष्टि निर्माण कर्ता पनि भनिन्छ । उनलाई खुशी बनाउन सके दिन दुईगुणा रात चौगुना गरी धनधान्यले भरीपूर्ण हुने धार्मिक विश्वास छ ।

कहिले मनाईन्छ विश्वकर्मा पूजा ?

विश्वकर्मा जयन्ती हरेक वर्ष कन्या संक्रान्ति अर्थात् आश्विन १ गते मनाईन्छ । यस वर्ष भगवान विश्वकर्मा जयन्ती आईतबार मनाईँदैछ।

समून्द्र मन्थनबाट भएको थियो भगवान विश्वकर्माको जन्म

यो मान्यता रहेको छ कि प्राचीन कालमा सबैको निर्माण विश्वकर्माले गरेका थिए । स्वर्ग लोक, सुनको शहर, लंका तथा कृष्णको नगरी, द्वारका यी सबैको निर्माण विश्वकर्माको हातबाट नै भएको थियो । कुनै कुनै कथामा उल्लेख भए अनुसार भगवान विश्वकर्माको जन्म देवता तथा राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा विश्वकर्माको जन्म भएको थियो ।

पूरै ब्रह्माण्डको गरेथे निर्माण

हिन्दू पौराणिक कथाका अनुसार उनले पूरै ब्रह्माण्डको निर्माण गरेका थिए । पौराणिक कालमा चलाईने सबै हतियारको निर्माण पनि विश्वकर्माले नै गरेका थिए । जसमा बज्र पनि सामेल छ । जुन भवगान ईन्द्रको हतियार थियो । वास्तुकारहरुले कैयौ युगदेखि विश्वकर्मालाई आफ्नो भगवान मानेर उनको पूजा गर्दै आईरहेका छन् ।

विश्वकर्मा पूजा विधि

– भगवान विश्वकर्माको प्रतिमा बनाएर यसैमा पूजा गर्ने गरिन्छ । कसैकसैले भने भगवान विश्वकर्मालाई नै आफ्नो भगवान मानेर पूजा गर्ने गरेको पनि देखिन्छ । यस दिन जग्ये बनाएर यज्ञको समेत आयोजना गरिन्छ ।

– यस दिन पूजामा बस्नु भन्दा पहिले स्नान गर्नुपर्छ । स्नान गरिसकेपछि भगनाव विष्णुको ध्यान गर्नुपर्छ र त्यसपछि त्यहीँ कतै भगवान विश्वकर्माको पनि मूर्ति राख्नुपर्छ ।

– यसपछि आफ्नो दाहिने हातमा फूल अक्षता लिएर मन्त्र पढ्नुपर्छ । फूल अक्षतालाई जलमा छोडिदिनुपर्छ ।

– यसपछि हातमा रक्षासूत्र बाँधी भगवान विश्वकर्माको पूजा ध्यान गरिसेपछि उनको विधिवत पूजा गर्नुहोस् ।

– पूजा पछि विविध प्रकारको यन्त्र तथा औजार आदिको जल, अक्षता, फूल तथा मि‍ठाईद्वारा पूजा तथा विधिवत रुपमा हवन गर्नुहोस्।

भगवान विश्वकर्माको पूजा गर्दा पढिने मन्त्र

ॐ आधार शक्तपे नमस् और ॐ कूमयि नमस्, ॐ अनन्तम नमस्, ॐ पृथिव्यै नमस्

 

प्रकाशित मिति : २०७६, १ आश्विन बुधबार  ९ : ३९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४