२०८२, २९ चैत्र सोमबार

जुम्ला बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

जुम्ला बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते


खलङ्गा, ३१ भदौ  कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जुम्लाको सिञ्जाबाट सदरमुकाम आउँदै गरेको ना१ख ७६६४ नंको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

कालीकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसलाई छक्याउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार घाइते हुनेमा मुगुको छायानाथ, रारा नगरपालिका–८ का ३० वर्षीया जुनमती रावत, सोही ठाउँकी ३२ वर्षीया लालदेवी रावत रहेका छन् ।

यस्तै अछामको ढकेरी गाउँपालिकाका ३५ वर्षीय डिल्ली भूल छन् भने जुम्लाको चन्दननाथ नगरपालिका–९ बस्ने छाया उपाध्याय र गर्भकन्या उपाध्याय रहेको प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो । टेलिफोन सम्पर्क हुन नसक्ने भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

घटनास्थलतर्फ प्रजिअ र प्रहरी निरीक्षकको टोली गएको र थप विवरण बुधबार आउने उहाँले बताउनुभयो । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन । रासस

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ९ : ०८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४