२०८३, २० आश्विन बुधबार

अक्सिन प्लान्टमा विस्फोट, दुई जना घाइते

अक्सिन प्लान्टमा विस्फोट, दुई जना घाइते


काठमाडौँ, ३१ भदौ: थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् ।

प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । “प्लान्ट सफा गर्ने क्रममा एक्कासि ठूलो आवाज आयो ।

प्लान्टमा सामान्य विस्फोट भएको रहेछ”, उहाँले भन्नुभयो । विसं २०७६ शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रायः अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गर्छन् ।

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ९ : ०० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि