२०८२, १८ मंसिर बिहीबार

बिहीबारसम्म मनसुनी गतिविधि बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

बिहीबारसम्म मनसुनी गतिविधि बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौँ, ३१ भदौ: मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले गएरातिदेखि शुरु भएको वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज साँझ एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणालीका कारण प्रदेश नं १, २, ३, ५ र गण्डकी प्रदेशका केही भूभागका भारी वर्षाको भएको छ । आज साँझदेखि बिहीबार बिहानसम्म मनसुन थप सक्रिय भई गण्डकी प्रदेशको धेरै जसो भूभाग तथा प्रदेश नं २, ३ र ५ का भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरुमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरुमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन अनुरोध गरेको छ ।

आज राति देशको मध्य र पश्चिम पूर्वी भूभागका धैरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरिएको छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका करण देशभर बुधबार रातिसम्म मनसुनी गतिविधि बढिरहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले आज र बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यमा २५.५ मिलिमिर वर्षा भएको छ । त्यस्तै पोखरामा ७९.५ मिलिमिटर, धरानमा ८३.४ मिलिमिटर, जनपुरमा ९.८ मिलिमिटर, सिमरामा १०.७ मिलिमिटर, दिपालयमा २४.२ मिलिमिटर, दाङमा ०.२ मिलिमिटर, धनगढीमा १९.६ मिलिमिटर र जोमसोममा ११.० मिलिमिटर वर्षाको छ ।

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ८ : ५४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको