२०८१, १६ कार्तिक शुक्रबार

संगठित अपराध अभियोगमा नियन्त्रणमा लिइएका गृहमन्त्रीका भाइ अस्पतालमा

संगठित अपराध अभियोगमा नियन्त्रणमा लिइएका गृहमन्त्रीका भाइ अस्पतालमा


काठमाडौं, ३१ भदौ : अपराधिक लाभ संगठित अपराध अभियोगमा पक्राउ गरिएका गृहमन्त्रीका साइँला भाइ नरेशकुमार थापा एकहप्ता अघिदेखि बिरामी भएको भन्दै बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा भर्ना भएका हुन् । केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आएको जानकारी गराउँदै अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ ।’ ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन् । उनले त्यहाँ एक क्याबिन रुम लिएका छन् । अदालतको आदेशमै उनलाई न्यायिक हिरासतमा राखेको जनाइएको छ।

प्रहरीले उनलाई अस्पतालबाटै बयानका लागि बिहीबारदेखि काठमाडौ जिल्ला अदालतमा लैजाने गरेको छ। बिहीबार उनी मुखमा ‘मेडिकल मास्क’ लगाएर अदालत गएका थिए। बिहीबार उनलाई ३ बजेसम्म इजलास नं। ४ मा उपस्थित गराइएको थियो। आइतबार पनि प्रहरीले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। सोमबार १२ बजे मात्रै उनको बयान भएको थियो। उनले करिब एक घण्टा इजलासमा सरकारी वकिलले उठाएको प्रश्नको जवाफ दिएका थिए। उनीलगायत आपराधिक लाभ तथा संगठित अपराधमा पक्राउ परेका अन्य सातजनाकै बयान सकिएपछि सोमबारबाटै थुनछेक बहस सुरु भएको छ। थुनछेकको बहस मंगलबार पनि जारी रहने अदालतले जनाएको छ।

पक्राउ पर्नेमा गृहमन्त्री थापाका भाइसहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई र मनबहादुर पुन मगर छन्। उनीहरू सबैको बयान सकिएको छ। अदालतमा थापाले इन्कारी बयान दिएको छ अदालत स्रोत बताउँछ।

केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्न्यातसँग मिलेर निर्माण व्यवसायीहरूसँग पैसा उठाएको, जेलमै गएर समीरलाई भेटेको र व्यवसायीहरूलाई धम्क्याएको आरोपमा प्रहरीले थापालाई पक्राउ गरी आपराधिक लाभ तथा संगठित अपराधमामा मुद्दा लगाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो। सो सिफारिसअनुसार सरकारी वकिलको कार्यालयले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

पक्राउ परेकामध्ये स्युचाटारका पवन खड्का र भेडासिंहका शैलेश प्रजापतिले थापाको निर्देशनअनुसार व्यापारीलाई धम्क्याएको बताएपछि सिआइबीले उनको मोबाइल ‘कल डिटेल’ निकालेर अनुसन्धान सुरु गरेको थियो। थापा आफैं केन्द्रीय कारागारमा समीरलाई भेट्न गएको पुष्टि भएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान गरिएको हो। ‘कोहीसँगै परिचय गर्नुपर्दा थापा आफ्नो नाम नबताएर आफूलाई गृहमन्त्रीको भाइ भन्दै परिचय दिँदा रहेछन्। सुरुमा हामीले अनुसन्धानका लागि बोलाउँदा पनि ठूलै मेहनत गर्नुपरेको थियो,’ सिआइबी स्रोतले भन्यो।

थापाले प्रहरीसँगको कागजी बयानमा इन्कार गरे पनि अनौपचारिक कुराकानीमा भने आफू जग्गा कारोबारी रहेको र त्यसक्रममा समीरलाई भेट्न कारगार गएको स्वीकार गरेका थिए। प्रहरीसँग अनौपचारिक रूपमा स्वीकार गरेपछि अन्य प्रमाण पनि प्रहरीले जुटाएको थियो। प्रहरी स्रोतका अनुसार पक्राउ परेका शैलेश प्रजापति पूर्वमाओवादी कार्यकर्ता पनि हुन्। प्रजापतिलाई खड्काले प्रयोग गरिरहेका थिए भने प्रजापतिले समीरसम्म पुग्ने बाटो खोलिदिएको प्रहरी स्रोतको दाबी छ।

गृहमन्त्रीका आफ्नै भाइ भए पनि उनको सचिवालय भने यो विषयमा मौन छ। ‘धेरै दिनदेखि उहाँ मन्त्रालयमा आउनुभएको थिएन। बाहिर उहाँको के–के काम छन् भन्नेबारे हामीलाई जानकारी हुँदैन,’ गृहमन्त्रीको सचिवालय स्रोतले भन्यो। ठेकेदार जयराम लामिछाने, दीपक गौतम, लाक्पा नुरु शेर्पासहित २५ जनाको सामूहिक जाहेरीका आधारमा उनीहरूविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई सिफारिस गरेको सिआइबीले जनाएको छ ।

प्रहरीका अनुसार केन्द्रीय कारागारमा रहेका समीरले करिब सयजना निर्माण व्यवसायी र व्यापारीका नाम, निजी कार्यालय र घरको फोन नम्बर र उनीहरूको व्यापार ठेक्का विवरणसहितको कागजात दिएर खड्कालाई पैसा उठाउने जिम्मा दिएका थिए। निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न रहेको आरोपमा कैद भुक्तान गरिरहेका समीरले जेलबाटै निर्माण व्यवसायीहरूलाई धम्क्याउने गरेका थिए। खड्काले सुरेन नगरकोटीमार्फत दुबईमा रहेको जे भनिने जावेद अनवदिनलाई उपलब्ध गराएर पैसा उठाउने कार्य सुरु गरेको प्रहरी दाबी छ।
नागरिक दैनिकमा पत्रकार टपेन्द्र कार्कीले यो खबर लेखका छन् ।

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ११ : ४७ बजे

दुई डीआईजी राणा र हैजु एआईजीमा बढुवा

काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ

तीनपाटनकी सुनिताले पाइन घरमै नागरिकता !

सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया

बागमती प्रदेशमा ३ अर्ब ४४ करोडको क्षति

मकवानपुर: बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२

सुप्रिम सहकारी ठगी कसुरमा रविसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी,बुटवल ल्याउन प्रहरीलाई खुल्यो बाटो

रुपन्देही: सहकारी ठगी मुद्दामा कास्कीको पोखरास्थित प्रहरी हिरासतमा रहेका रास्वपा