२०८३, ७ कार्तिक शनिबार

काभ्रेको पाँचखालमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण

काभ्रेको पाँचखालमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण


धुलिखेल, ३१ भदौ: मौसममा खराबी आएपछि आज मंगलबार काठमाडौं स्थित त्रिवुभवन अन्तर्राष्ट्रिय विमानस्थल आकस्मिक रुपमा अवरुद्ध भएको छ । विमानस्थल अवरुद्ध भएपछि काठमाडौंका लागि उडेका हेलिकोप्टरहरु काभ्रेमा आकस्मिक रुपमा अवतरण गराइएको छ ।

काभ्रेको पाँचखालमा लुक्लाबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर आकस्मिक अवतरण गराइएको हो । मंगलबार लुक्लाबाट काठमाण्डुका लागि उडेका मनाङ्ग, सिम्रिक र कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल नगरपालिका वडा नम्बर २ जोरपाटीमा ३ र होक्सेमा १ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

खराब मौसमका कारण लुक्लाबाट पर्यटक लिएर आएको हेलिकप्टर आकस्मिक अवरण गरिएको काभ्रेका एसपी जयराज सापकोटाले पुष्टि गरे । उनका अनुसार हेलिकप्टरका सबै यात्रु शकुशल छन् । मौसममा सुधार आएपछि मात्रै हेलिकप्टरहरुले गतन्ब्यका लागि उडान भर्नेछन् । प्रत्येक हेलिकप्टरमा ४ देखि ५ जना यात्रु रहेको एसपी सापकोटाले बताए ।

यसैबीच सिन्धुलीको नेपालथोकमा समेत लुक्लाबाट आएको हेलिकप्टर आकस्मिक अवरण गराइएको छ । आकस्मिक अवरण भएका तीन मध्ये २ वटा हेलिकप्टर काठमाण्डौ उडिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ९ : १६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना