२०८३, २१ भाद्र सोमबार

काभ्रेको पाँचखालमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण

काभ्रेको पाँचखालमा ४ वटा हेलिकप्टर आकस्मिक अवतरण


धुलिखेल, ३१ भदौ: मौसममा खराबी आएपछि आज मंगलबार काठमाडौं स्थित त्रिवुभवन अन्तर्राष्ट्रिय विमानस्थल आकस्मिक रुपमा अवरुद्ध भएको छ । विमानस्थल अवरुद्ध भएपछि काठमाडौंका लागि उडेका हेलिकोप्टरहरु काभ्रेमा आकस्मिक रुपमा अवतरण गराइएको छ ।

काभ्रेको पाँचखालमा लुक्लाबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर आकस्मिक अवतरण गराइएको हो । मंगलबार लुक्लाबाट काठमाण्डुका लागि उडेका मनाङ्ग, सिम्रिक र कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल नगरपालिका वडा नम्बर २ जोरपाटीमा ३ र होक्सेमा १ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

खराब मौसमका कारण लुक्लाबाट पर्यटक लिएर आएको हेलिकप्टर आकस्मिक अवरण गरिएको काभ्रेका एसपी जयराज सापकोटाले पुष्टि गरे । उनका अनुसार हेलिकप्टरका सबै यात्रु शकुशल छन् । मौसममा सुधार आएपछि मात्रै हेलिकप्टरहरुले गतन्ब्यका लागि उडान भर्नेछन् । प्रत्येक हेलिकप्टरमा ४ देखि ५ जना यात्रु रहेको एसपी सापकोटाले बताए ।

यसैबीच सिन्धुलीको नेपालथोकमा समेत लुक्लाबाट आएको हेलिकप्टर आकस्मिक अवरण गराइएको छ । आकस्मिक अवरण भएका तीन मध्ये २ वटा हेलिकप्टर काठमाण्डौ उडिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ३१ भाद्र मंगलबार  ९ : १६ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ