२०८२, ६ फाल्गुन बुधबार

दश वर्ष बसेका विदेशी बुहारीलाई नागरिकता दिनुपर्छ : नेता भीम रावल

दश वर्ष बसेका विदेशी बुहारीलाई नागरिकता दिनुपर्छ : नेता भीम रावल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताउनुभएको छ । आज आयोजित साक्षात्कारमा उहाँले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकारी काम थप प्रभावकारी हुने बताउनुभयो ।

उहाँले नेकपा एमाले र माओवादी केन्दबीचको एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी एकीकरणको बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले पोलिटब्यूरोको गठनमा ढिलाइ भइरहेकाले यो काम चाँडो गर्नेतर्फ नेताहरुको ध्यान जानुपर्ने चर्चा गर्नुभयो ।

नेता रावलले माथिल्लो कर्णाली आयोजनाको सम्झौता खारेज गर्न माग गर्नुभयो । राज्य व्यवस्था समितिमा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयकमा नेपाली पुरुषले बिहे गरेर ल्याएका विदेशी बुहारीलाई नेपालमा बसोवास गरेको १० वर्षपछि मात्र नागरिकता दिनुपर्ने सुझाव उहाँको छ ।

भारतमा समेत विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान रहेको उल्लेख गर्दै नेपालको भौगोलिक तथा जनसङ्ख्याका अवस्था हेरेर १० वर्षपछि मात्र नागरिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ७ : ३३ बजे

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले

“यज्ञबहादुर बोगटी : जसले अछामी जनताको जीवन बदलिदिए”

काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी