२०८२, २६ भाद्र बिहीबार

दश वर्ष बसेका विदेशी बुहारीलाई नागरिकता दिनुपर्छ : नेता भीम रावल

दश वर्ष बसेका विदेशी बुहारीलाई नागरिकता दिनुपर्छ : नेता भीम रावल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताउनुभएको छ । आज आयोजित साक्षात्कारमा उहाँले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकारी काम थप प्रभावकारी हुने बताउनुभयो ।

उहाँले नेकपा एमाले र माओवादी केन्दबीचको एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी एकीकरणको बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले पोलिटब्यूरोको गठनमा ढिलाइ भइरहेकाले यो काम चाँडो गर्नेतर्फ नेताहरुको ध्यान जानुपर्ने चर्चा गर्नुभयो ।

नेता रावलले माथिल्लो कर्णाली आयोजनाको सम्झौता खारेज गर्न माग गर्नुभयो । राज्य व्यवस्था समितिमा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयकमा नेपाली पुरुषले बिहे गरेर ल्याएका विदेशी बुहारीलाई नेपालमा बसोवास गरेको १० वर्षपछि मात्र नागरिकता दिनुपर्ने सुझाव उहाँको छ ।

भारतमा समेत विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान रहेको उल्लेख गर्दै नेपालको भौगोलिक तथा जनसङ्ख्याका अवस्था हेरेर १० वर्षपछि मात्र नागरिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ७ : ३३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा