२०८२, ६ फाल्गुन बुधबार

काङ्ग्रेसले अवरोध गरेपछि तिनिधिसभाको आजको बैठक स्थगन

काङ्ग्रेसले अवरोध गरेपछि तिनिधिसभाको आजको बैठक स्थगन


काठमाडौँ, ३० भदौ  : नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सासद् पुष्पा भुसाललाई बोल्न समय दिनुभयो ।

बोल्न अनुमति पाएपछि सांसद भुसालले बाँके घटनामा संलग्न विरुद्ध परेको किटानी जाहेरीअनुरुप दोषीलाई हदैसम्मको कारवाहीका लागि सभामुखबाट निर्देशन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “किटानी जाहेरी परेका व्यक्तिलाई कानूनी कारवाही प्रभावकारीरुपमा अघि बढाओस्, दोषी कारवाहीको भागेदार भएको हामीले देख्न र सुन्न पाउनुपर्छ, अपराधीले दण्ड पाउनुपर्छ, पीडितले न्याय पाउनु प¥यो ।”

बाँके घटनाका दोषीलाई कारवाही गर्न माग राखेर प्रमुख प्रतिपक्षले आइतबारको प्रतिनिधिसभाको पनि अवरुद्ध गरेको थियो । नेपाली काङ्ग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण कार्यक्रममा किरण कोइराला, विद्यापति कोइरालालगायत गम्भीर घाइते भएका जनाउँदै सांसद भुसालले भन्नुभयो, “हाम्रो राजनीतिक कार्यक्रममा गैरराजनीतिक क्रियाकलाप भयो ।”

संविधान, मानवअधिकार, सुशासन, संविधानवादको पक्षमा नेपाली काङ्ग्रेस सधैँ अडिक रहेको उल्लेख गर्दै उहाँले कानूनी शासन कायम गर्न किटानी जाहेरी दर्ता गराउने सन्दर्भमा गम्भीरता नदेखाइएका कारण संसद् अवरुद्ध गर्नु परेको बताउनुभयो । उहाँले मन्तव्य सक्नासाथ नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले प्रमुख प्रतिपक्षले आरोप लगाए जस्तो बाँके घटना नभएको भनी काङ्ग्रेसका सांसदको भनाइको प्रतिवाद गर्नुभयो । त्यसपछि प्रतिपक्षका सांसदले आसनबाट उठेर विरोध जनाउनुभएको थियो ।

सांसद रोकाले भन्नुभयो, “विपक्ष आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्न तयार छौँ, सत्य भनेको सत्य नै हो सत्यलाई हामी स्वीकार गछौँ, असत्य स्वीकार गरिन्न ।” विरोधका बाबजुद सांसद रोक्काले आफ्नो भनाइलाई निरन्तरता दिएपछि प्रतिपक्षका सांसदले ‘वेल’मा गएर नाराबाजी गर्नुभएको थियो ।

प्रतिपक्षबाट नाराबाजी भइरहँदा सभामुख महराले भन्नुभयो, “तपाईहरुले उठाउनुभएको विषयमा ध्यानाकर्षण भएको छ, प्रतिपक्षले उठाएको विषयमा म सरकारलाई केही भन्न चाहन्छु, आ–आफ्नो स्थानमा बसेर सदन सुचारु गर्न सहयोग पु¥याउन आग्रह गर्नुभयो ।” प्रतिपक्षले निरन्तर ३५ मिनेट नाराबाजी गरेपछि सभामुखले आजको बैठक स्थगन गरेको घोषणा गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १ गते बिहान ११ः०० बजे बस्नेछ । रासस

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ६ : ०० बजे

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले

“यज्ञबहादुर बोगटी : जसले अछामी जनताको जीवन बदलिदिए”

काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी