२०८२, २५ भाद्र बुधबार

पार्टी एकता दूरगामी सोचले गरिएको हो : अध्यक्ष दाहाल

पार्टी एकता दूरगामी सोचले गरिएको हो : अध्यक्ष दाहाल


इलाम, २७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताउनुभएको छ । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गर्नुभयो । “पार्टी एकतालाई हल्का रूपमा नलिनु होला”, अध्यक्ष दाहालले भन्नुभयो, “एकता भनेको असल नेतृत्व, असल नेता र नेतृत्वशैलीबाट मात्र हुन्छ । त्यो सबै मिलेकै कारण मात्र एकता सम्भव भएको हो ।”

विगतमा कम्युनिष्ट शक्ति विभाजित हुँदा गैर–कम्युनिष्ट शक्तिले प्रभाव जमाएको उल्लेख गर्दै अध्यक्ष दाहालले असल नेतृत्व र नेतृत्वशैलीको प्रभावले गर्दा मात्र एमाले र माओवादीबीच एकता सफल भएको बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट एकताको बारेमा चर्चा गर्दै २०२८ सालदेखिको कम्युनिष्ट आन्दोलन र त्यसबेलाको परिस्थिति पछि राष्ट्र र जनताको मागले गर्दा अहिले आएर एकता सम्भव भएको बताउनुभयो ।

अध्यक्ष दाहालले विगतमा पनि एकताका प्रयास भए पनि विभिन्न कारणले हुन नसकेको बताउनुभयो । “मैले २०५८ सालमा पनि तत्कालीन मालेका महासचिव मदन भण्डारीलाई एकताका लागि आग्रह गरेको थिए, तर उहाँको असामयिक निधनका कारण एकता हुन सकेन ।” उहाँले भावुक हुँदै भन्नुभयो, “यदि मदन भण्डारी भएको भए एकता पक्कै त्यति बेलै हुन्थ्यो होला ।”

अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताउनुभयो । उहाँले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताउनुभयो ।

उहाँले कार्यकर्तालाई पार्टी एकता नेताले चाहेर मात्र भएको नभई परिस्थिति र असल नेतृत्वका कारण भएको स्पष्ट पार्नुभयो । “पार्टी एकता त्यसै भएको छैन, तपाईंहरूले कम्युनिष्ट इतिहास पढ्नु भयो भने मात्र यसको मर्म बुझ्नु हुन्छ ।” अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रो यो एकतालाई विश्वले समेत सराहना गरेको छ, दुई फरक ठूला पार्टी एकता हुने कुरा मामुली रूपमा नलिनु होला ।” उहाँले पहिलो संविधान निर्माणका लागि चुनाव लड्दै गर्दासमेत तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालसँग आफूले एकताका लागि आग्रह गरेको तर सम्भव नभएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०७६, २७ भाद्र शुक्रबार  ६ : ११ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा