२०८२, २३ कार्तिक शनिबार

नेकपाभित्र भाँडभैलो : प्रदेश २ को सपथग्रहणमा हानाहान, प्रहरीद्वारा बल प्रयोग

नेकपाभित्र भाँडभैलो : प्रदेश २ को सपथग्रहणमा हानाहान, प्रहरीद्वारा बल प्रयोग


काठमाडौं, २५ भाद्र : गुट र उपगुटका अनेकन झुण्डमा रुमल्लिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुम्सिएको आक्रोश पोखिन थालेको छ ।

प्रदेश नम्बर २ को सपथग्रहण कार्यक्रममा बढ्दै गएको विवादपछि हानाहान मच्चिएसँगै स्थिति तनावग्रष्त देखिएको छ । सप्तरी र सिराहा जिल्ला कमिटीको पदाधिकारी र सदस्यको सपथग्रहण समारोहमा असन्तुष्ट पक्षको विरोधपश्चात स्थिति तनावग्रस्त भएपछि प्रहरीद्वारा हस्तक्षेप गरी स्थितिलाई नियन्त्रणमा लिइएको छ ।

असन्तुष्ट कार्यकर्ताद्वारा सभाहलमा पोखिएको आक्रोश

छ जिल्लाको शपथ कार्यक्रम रोकियो

महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथग्रहण कार्यक्रम पार्टीभित्र असन्तुष्ट पक्षको विरोधपछि स्थगित गरिएको छ । अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथग्रहण कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न सकेन । असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभा भवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बन्न पुगेको थियो ।

प्रदेशअन्तर्गतका सप्तरी र सिराहा जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम बर्दिवासमा राखिएको थियो । तर, जिल्ला कमिटी गठनमा असन्तुष्ट रहेको पक्षले सपथ ग्रहण रोक्न प्रदेश कमिटी अध्यक्ष र सचिवलाई आग्रह गरेका थिए ।

आग्रहअनुसार कार्यक्रम नरोकिने निश्चित भएपछि विवाद माथि विवाद थपिंदै असन्तुष्टपक्ष आक्रोशित देखिएको थियो । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरी नेताहरुलाई सुरक्षा दिनु प¥यो । अहिले नेताहरुलाई प्रहरीले सुरक्षा दिइरहको छ ।

झडप हुन थालेपछि प्रहरीको लाठीचार्ज गर्दा नेकपाका प्रदेश सदस्य देवनाथ यादव घाइते भएका छन् । जिल्ला कमिटी गठन गर्दा कसैलाई काखा र कसैलाई पाखा गरिएको भन्दै सिराहा र सप्तरी जिल्लाका नेकपाका कार्यकर्ताहरु असन्तुष्ट रहँदै आएका छन् ।

पार्टी एकताको लामो समयसम्म तल्लो तहको एकता प्रकृया नटुंग्याउँदा दिनप्रदिन गुटहरु मौलाउँदै जाँदा देशभर नै यसले भयावह रुप लिने देखिएको छ । अहिले देशभरका जिल्ला नेताहरु विभिन्न गुटहरुमा विभाजित हुँदै भेला र बैठकहरुमा व्यस्त देखिएका छन् ।

परिणामत त्यसको पहिलो प्रत्यक्ष दृष्य प्रदेश नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताहरुले देखाइदिएका छन् ।

प्रकाशित मिति : २०७६, २५ भाद्र बुधबार  १० : १९ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका