२०८३, १ असार मंगलबार

सेनामा सकिए भनसुनका दिन !

सेनामा सकिए भनसुनका दिन !


काठमाडौं, भदौ २५ : नेपाली सेनामा आफन्त, नातेदार, चिनजान र भनसुनका व्यक्तिलाई लाभ पुग्ने गरी सेनामा हुने गरेको भर्ना छनोट, सरुवा–बढुवा र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सधैंका लागि अन्त्य भएको दाबी गरिएको छ।

सेनाका उच्च पदाधिकारीले चिनजान, भनसुन र आफ्नो नजिकका नातेदारलाई लाभ पुग्ने गरी निर्णय गर्दा सैनिक संगठनभित्र असन्तुष्टिका साथै योग्य व्यक्ति र इमानदार सैनिक कर्मचारी अवसरबाट बञ्चित हुने गरेको गुनासो बढेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो कदम चालेका सेनाको उच्च स्रोतले जनाएको समाचार गोरखापत्र दैनिकमा छ।

यसका लािग नीतिगत निर्णयसँगै सेनाको ‘चेन अफ कमाण्ड’लाई प्रभावकारी बनाउन ‘राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारबाही अनिवार्य’ गरेको छ। भर्ना, सरुवा–बढुवा र शान्ति मिसन छनोटमा ‘पावर’ एवं भनसुन हटेको सेनाको उच्च नेतृत्वको दाबी छ।

प्रकाशित मिति : २०७६, २५ भाद्र बुधबार  ६ : ५९ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई