२०८२, ६ फाल्गुन बुधबार

नेकपा गोलन्जोरले गाउँपालिकामा गोल्लिएर भन्यो, ‘जनतालाई प्रहरी होइन प्राविधिक देऊ’

नेकपा गोलन्जोरले गाउँपालिकामा गोल्लिएर भन्यो, ‘जनतालाई प्रहरी होइन प्राविधिक देऊ’


खुर्कोट सिन्धुली, २४ भदौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोलञ्जोर गाउँपालिका संगठन कमिटीको नेतृत्वमा सिन्धुलीको गोलन्जोर गाउँपालिका कार्यालय घेराउ गरिएको छ । गोलञ्जोर गाउँपालिकाले बार्षिक ७० लाख रुपियाँ तलवभत्तामा खर्च हुनेगरी अनावश्यक रुपमा आफ्नै प्रहरी भर्ना गर्न लागेको विरोधमा उक्त प्रदर्शन तथा घेराउ गरिएको जनाइएको छ । घेराउमा गोलबन्द भएका नेकपाका नेता कार्यकर्ताहरुले प्रहरीको ठाउँमा कृषि तथा स्वास्थ्य क्षेत्रका प्राविधिक भर्नाको माग राखेका छन् ।

स्थानीय सरकारको नेतृत्व गर्नेले जनताको माग र जनप्रतिनिधिको सुझावको बेवास्ता गर्दै एकलौटी रुपमा प्रहरी भर्ना गर्ने निर्णय अगाडि बढाएको भन्दै नेकपा गोलञ्जोरले भदौ २१ गते त्यसको विरोधमा कडा विज्ञप्ति जारी गरेको थियो । गाउँपालिकाले भदौ १० गते १५ जना प्रहरी भर्नाका लागि सार्वजनिक सूचना जारी गरेको थियो । गोलन्जोर गाउँ कार्यपालिकाका सदस्यहरुरुले अनुचित कार्यको बिरोध गर्दै तीन वडा अध्यक्षसहित १६ जना सदस्यहरुले गाउँसभा तत्काल बोलाउन माग गरेका थिए । गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले सो मागको बेवास्ता गर्दै एकलौटी रुपमा निर्णय अगाडि बढाएपछि वाध्य भएर बिरोध प्रदर्शन र घेराउ गर्नुपरेको नेकपाले जनाएको छ । गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक ५० लाख रुपियाँ नभएको तर ७० लाख रुपियाँ खर्च हुने गरी प्रहरी राख्नुभन्दा कृषि र स्वास्थ्य क्षेत्रका प्राविधिक राखेर जनतालाई सुविधा दिनुपर्ने पक्षमा नेकपा गोलन्जोर उभिएको छ ।

गाउँपालिका कार्यालय घेराउ गर्नुअघि नेकपाको नेतृत्वमा स्थानीय जनताले गाउँपालिकाको नयाँ प्रहरी भर्ना कार्यक्रम खारेज गर, अमिनी, जे.टी.ए. नर्सलगायत प्राविधिक कर्मचारी भर्ना गर, उठेको कर सार्वजनिक गर, गाउँपालिकाको अधिक ब्ययभार कम गर, पूर्व सम्झौता कार्यान्वयन गर लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ११ : ०० बजे

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले

“यज्ञबहादुर बोगटी : जसले अछामी जनताको जीवन बदलिदिए”

काठमाडौं । सुन्दर सुदूरपश्चिमको अछाम, जहाँ हरियाली छ तर भौतिक

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी