२०८२, २६ कार्तिक बुधबार

कृषि तथा पशुपन्छी मन्त्री खनाल डेङ्गुको उपचारपछि घर फर्किए

कृषि तथा पशुपन्छी मन्त्री खनाल डेङ्गुको उपचारपछि घर फर्किए



काठमाडौं, २४ भदौ : स्वीकय सचिव छोरासँगै डेँगु फैलाउने लामखुट्टेको अक्रमणमा परेको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल उपचारपछि हिजो सोमबार घर फर्किएका छन् । डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार गराउनु भएका उहाँ सोमबार घर फर्कनु भएको अस्पतालले जनाएको छ ।

मन्त्री खनाललाई गत भदौ १७ गते एक्कासि ज्वरो आएपछि उपचारका लागि भदौको १८ गते बिहान पुल्चोकस्थित निदान अस्पताल लगिएको थियो । उपचारका क्रममा रगत परीक्षण गर्दा उनलाई डेंङ्गु रोग भएको प्रमाणित भएको थियो ।

उनको टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो । सरुवा रोग अस्पतालमा उपचार गराउन शैयाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार थालिएको थियो । उहाँको उपचार डा विनय रेग्मीसहितको टोलीले गरेका थिए ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेङ्गु नभएको पुष्टि गरिएको छ । उहाँका स्वकीय सचिव दीपक टमट्टाले रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण नभएको र रुघाखोकीको कारणले आराम गरिरहेको जानकारी गराएका छन् ।

यसअघि बाँकेका प्रदेश सांसद आइपी खरेललाई डेङ्गुको सङ्क्रमण देखिएको थियो । उहाँ टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको उच्च जोखिम देखिएको छ । मुलुकको पूर्वी भेगबाट पश्चिमसम्म पुगिसकेको यो रोगले धेरैलाई आतंकित बनाएको छ ।
–––

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ९ : ४८ बजे

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि