२०८३, २१ भाद्र सोमबार

कृषि तथा पशुपन्छी मन्त्री खनाल डेङ्गुको उपचारपछि घर फर्किए

कृषि तथा पशुपन्छी मन्त्री खनाल डेङ्गुको उपचारपछि घर फर्किए



काठमाडौं, २४ भदौ : स्वीकय सचिव छोरासँगै डेँगु फैलाउने लामखुट्टेको अक्रमणमा परेको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल उपचारपछि हिजो सोमबार घर फर्किएका छन् । डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार गराउनु भएका उहाँ सोमबार घर फर्कनु भएको अस्पतालले जनाएको छ ।

मन्त्री खनाललाई गत भदौ १७ गते एक्कासि ज्वरो आएपछि उपचारका लागि भदौको १८ गते बिहान पुल्चोकस्थित निदान अस्पताल लगिएको थियो । उपचारका क्रममा रगत परीक्षण गर्दा उनलाई डेंङ्गु रोग भएको प्रमाणित भएको थियो ।

उनको टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो । सरुवा रोग अस्पतालमा उपचार गराउन शैयाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार थालिएको थियो । उहाँको उपचार डा विनय रेग्मीसहितको टोलीले गरेका थिए ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेङ्गु नभएको पुष्टि गरिएको छ । उहाँका स्वकीय सचिव दीपक टमट्टाले रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण नभएको र रुघाखोकीको कारणले आराम गरिरहेको जानकारी गराएका छन् ।

यसअघि बाँकेका प्रदेश सांसद आइपी खरेललाई डेङ्गुको सङ्क्रमण देखिएको थियो । उहाँ टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र डेङ्गु रोगको उच्च जोखिम देखिएको छ । मुलुकको पूर्वी भेगबाट पश्चिमसम्म पुगिसकेको यो रोगले धेरैलाई आतंकित बनाएको छ ।
–––

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ९ : ४८ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको