२०८२, २२ जेष्ठ बिहीबार

काङ्ग्रेसको जागरण अभियानमा पदाधिकारीहरुले सम्बोधन गर्ने

काङ्ग्रेसको जागरण अभियानमा पदाधिकारीहरुले सम्बोधन गर्ने


काठमाडौँ, २३ भदौ : नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा विभिन्न जिल्लाका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने हुनुभएको छ ।

जननायक बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भोलि भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरणको अभियानको उद्घाटनमा काङ्ग्रेसका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्नुहुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नुहुनेछ ।

जागरण अभियानको दोस्रो चरण भोलि भदौ २४ गते देशव्यापी रूपमा एकसाथ प्रारम्भ हुँदैछ । बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतिक स्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा ९जम्मा ३४ हजार ९८०० देशभरि रोपेर अभियान उद्घाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

मुख्यगरी प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि तोकिनुभएका ३३० प्रतिनिधिमध्ये अधिकांश आफ्नो जिम्मेवारी क्षेत्रमा पुगिसकेको पार्टी कार्यालयले जनाएको छ । जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेशलगायत कार्यक्रम हुनेछन् ।

अभियान क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, शहीद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश एवं काङ्ग्रेसका लागि सल्लाह सुझावहरु लिनुहुने प्रवक्ता शर्माले बताउनुभयो ।

पन्ध्र दिने अभियानको अन्तिम दिन आगामी असोज ७ गते विभिन्न पाँच मुद्दामा केन्द्रित रहेर ७७ जिल्लामा एकसाथ जनप्रदर्शन गरिनेछ । काङ्ग्रेसले स्वदेश र विदेशमा सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन आह्वान गरेको छ । रासस

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  १० : २५ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक