२०८२, २९ चैत्र सोमबार

धार्मिक दङ्गा भड्किने अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई आग्रह

धार्मिक दङ्गा भड्किने अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई आग्रह


हेटौँडा, २३ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वजनिकरुपमा धार्मिक दङ्गा भड्किने खालका अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

राप्रपाको प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित “प्रशिक्षक–प्रशिक्षण कार्यक्रम” को उद्घाटन गर्दै उहाँले मुलुकमा स्थायी शान्ति र प्रजातन्त्रको सुदृढीकरणका लागि भएपनि यस्ता अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको हो ।

अध्यक्ष थापाले मुलुकमा ९१ प्रतिशत हिन्दूधर्मावली रहेकाले उनीहरुको धार्मिक स्वतन्त्रतामाथि कुनै पनि दलको नेतृत्वले निषेध गर्न नहुने बताउँदै नेपाललाई सनातन हिन्दूराष्ट्रका रुपमा राख्न पार्टीले आन्दोलन गर्ने उद्घोष गर्नुभयो ।

उहाँले सत्तारुढ नेकपाको सरकारले आफ्नो दम्भ र महत्वाकाङ्क्षीलाई त्यागेर जनतालाई विकास, पूर्वाधार र आर्थिक समृद्धितर्फ जोड्ने कार्यलाई केन्द्रबिन्दुका रुपमा राख्नुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा अघि बढाउन राप्रपाले सातवटै प्रदेशमा पार्टीको सङ्गठन विस्तार गर्ने उल्लेख गर्दै पार्टीको सौद्धान्तिक पक्षलाई लिएर जनताको घरदैलोमा पुग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

सो अवसरमा राप्रपाका सहमहामन्त्रीद्वय राजाराम वर्तौला र भक्तिप्रसाद सिटौलाले राप्रपालाई राष्ट्रवादी शक्तिका रुपमा अगाडि बढाउनका लागि सङ्गठनको सुदृढिकरण गर्न र कार्यकर्तालाई ऊर्जाशील बनाउन प्रशिक्षण आवश्यक रहेको चर्चा गर्दै मुलुकमा बढ्दो भ्रटाचारलाई संवैधानिक निकायले तत्काल अनुसन्धान गरी कारवाही अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा मकवानपुरका करीब १७५ जना प्रतिनिधिको सहभागिता रहेको राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ९ : ४७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४