२०८२, २३ कार्तिक शनिबार

चलचित्र ऐन चाँडै ल्याइन्छ : मन्त्री बाँस्कोटा

चलचित्र ऐन चाँडै ल्याइन्छ : मन्त्री बाँस्कोटा


काठमाडौँ, २३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडो ल्याइने बताउनुभएको छ । नेपाल चलचित्र कलाकार सङ्घको ३२औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले अहिले चलचित्रले नेपाली मौलिकता तथा संस्कृतिलाई जगेर्ना गर्न नसकेका कारण दर्शकलाई आकर्षित गर्न नसकेको अवस्थामा विविधताभित्र एकता र राष्ट्रियतालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर ऐन ल्याइने बताउनुभयो ।

उक्त ऐन प्राविधिक कारणले अझै संसद्मा पेश नगरिएको बताउँदै उहाँले भन्नुभयो, “केही भ्रमको सिर्जना गर्ने सञ्चार माध्यमले चलचित्र हलमा राष्ट्रिय गान बजाउन नपर्ने, बजेमा उठन नपर्ने सन्देश प्रवाह गरेका छन्, । मिडियाले नकारात्मक सन्देश प्रवाह गर्नु राम्रो होइन, मुलुकको राष्ट्र गान बज्दा नउठने मानिस नेपाली हुनै सक्तैन ।”

देशको राष्ट्रियतालाई उचाइमा पु¥याउन कलाकार एकताबद्ध हुनुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले सङ्घलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । सङ्घका अध्यक्ष रवीन्द्र खडका, कलाकार निर शाह, आकाश अधिकारी, कृष्ण मल्ललगायतले चलचित्र ऐनमा कलाकारको हकहित तथा अधिकारलाई समेट्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ६ : ०३ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका