२०८२, १८ मंसिर बिहीबार

पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा घाइते

पूर्वमन्त्री हिसिला यमी दुर्घटनामा घाइते


काठमाडौं, भदौ २३ : पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छन्। पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

उनले भने ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको हो, अवस्था सामान्य छ।’ बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी यमीको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको पोखरेलले जानकारी दिए। उनको अवस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको निगरानीमा रहेर डिस्चार्ज हुने पोखरेलले बताए।

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ७ : ४१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको