२०८३, २४ भाद्र बिहीबार

सरकारको हेपाइमा १ लाख ५६ हजार लागूऔषध दुर्व्यसनी

सरकारको हेपाइमा १ लाख ५६ हजार लागूऔषध दुर्व्यसनी


काठमाडौं, २२ भदाै : सरकारले पुनर्स्थापना केन्द्र बनाएर उपचार गर्न नसक्दा देशका विभिन्न भागमा कष्टकर जीवन भोग्न बाध्य १ लाख ५६ हजार लागूऔषध दुव्र्यसनीहरू हेपाइमा परेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ । विभिन्न कारणले दुव्र्यसन अँगाल्न पुगेका उनीहरूको समयमै उपचार र पुनस्र्थापना हुन नसक्दा जीवन नै संकटमा पर्ने गरेको छ । दुव्र्यसनमा परेकाहरूको परिवार, समाज र सरोकारवाला समेतमा गम्भीर असर परिरहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवं मुख्य औषध नियन्त्रण अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले लागूऔषध दुव्र्यसनविरुद्ध प्रभावकारी र सशक्त अभियान थाल्नुपर्ने बताए । उनले लागूऔषध दुव्र्यसन सुखी र समृद्ध नेपाल निर्माणको बाधकसमेत भएको बताए लागूऔषध दुव्र्यसन गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको अधिकारीहरूको अनुमान छ । दुव्र्यसनीहरूको संख्या रोक्न समेत प्रभावकारी उपाय अवलम्बन गर्न सकिएको छैन ।

गृह मन्त्रालयका अनुसार बर्सेनि लागूऔषध दुव्र्यसनीको वृद्धि दर ११.३६ प्रतिशत छ । नेपालमा १ लाख ५६ हजार लागूऔषध दुव्र्यसनीमध्ये मुस्किलले ८ देखि १० हजार मात्रै उपचार प्रक्रियामा छन् । त्यसबाहेक अन्य सबै दुव्र्यसनीहरू उपचार र पुनस्र्थापनाभन्दा बाहिर छन् । नेपालमा कुल अपराधमध्ये ७ प्रतिशत अपराध लागूऔषधसँग सम्बन्धित रहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार २०६३ मा ४६ हजार ३ सय ९ जना लागूऔषध दुव्र्यसनी थिए । त्यसपछि सो संख्या बढ्दै २०६९ मा ९१ हजार ५ सय ३४ र २०७४ मा १ लाख ५६ हजार पुगेको हो । मन्त्रालयका सहसचिव शर्माले पछिल्लो समयमा लागूऔषध दुव्र्यसनीको संख्या पत्ता लगाउन नयाँ गणना गर्ने तयारी भइरहेको जानकारी दिए ।

लागूऔषध नियन्त्रण गर्न लागूऔषध नियन्त्रण ऐन, लागू औषध नियन्त्रण राष्ट्रिय नीति २०६३, लागूऔषध नियन्त्रण रणनीति २०६६, लागूऔषध प्रयोगकर्ता लागि उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालन निर्देशिका २०६८ र लागूऔषध मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका २०७० छन् । तर, यी कानुनको कार्यान्वयन प्रभावकारी रूपमा भएको छैन । गृह मन्त्रालयका अनुसार नेपालमा हुने लागूऔषध, अपराधमा सेतो र खैरो हेरोइन, कोकिन, गाँजा, चरेस, तथा औषधिजन्य पदार्थ छन् । गाँजा र अफिमको अवैध उत्पादन नेपालकै ग्रामीण भेगमा भइरहे पनि त्यसलाई रोक्न नसकिएको बताइएको छ

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ८ : २१ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको