२०८३, ३० श्रावण आईतबार

चरम असन्तुष्टिका बीच आदिवासी जनजाति समन्वय परिषद काभ्रेको सम्मेलन सम्पन्न

चरम असन्तुष्टिका बीच आदिवासी जनजाति समन्वय परिषद काभ्रेको सम्मेलन सम्पन्न


बनेपा, २१ भदौ : काभ्रेको आदिवासी जनजाति समन्वय परिषदको सम्मेलन चरम असन्तुष्टि र आलोचनाका बीच आज शनिबार सम्पन्न भएको छ । सम्मेलनमा लामो समय नेतृत्वमा रहेका व्यक्तित्वहरुले परिषदलाई गतिशील ढंगले सञ्चालन नगरी आफ्ना आसेपासेहरुलाई जातीय संगठनमा समेट्दै नेतृत्व ओगट्दै आएको आरोप समेत लगाइएको छ । राज्यको संरचनाअनुसार पछिल्लो समय काभ्रेका १३ स्थानीय तहमा नै आदिवादी जनजाति महासंघ गठन गरिएसँगै महासंघलाई जुझारु ढंगले सञ्चालन गर्नुपर्ने धारणा सहभागीहरुले राखेका थिए ।

आदीवासी जनजाति जिल्ला समन्वय परिषद काभ्रेमा विभिन्न ८ वटा जातीय संगठनहरु आवद्ध रहेका छन् । सम्मेलनमा सहभागी भएर पनि असन्तुष्टि जाहेर गर्नेहरुले महासंघको विधान नै समयानुकुल नभएको र एकात्मक ढंगले सञ्चालन हुने गरेको गुनासो गरे । ‘त्यही भएकाले प्रतिनिधीमुलक हाम्रो सम्मेलनमा सहभागी भएको भए पनि कार्यसमितिमा समावेश भएका छैनौं,’ नेपाल तामाङ घेदुङका काभ्रे अध्यक्ष फूर्साङ तामाङले भने । विधान नै समानुपातिक र समावेश हुनुपर्ने घेदुङको माग रहेको छ । राज्यको सबै निकायमा समानुपातिक र समावेशी प्रतिनिधित्वको ग्यारेण्टी हुनपर्ने आवाज उठाउनेहरुको संस्थामा नै त्यस्तो देखिएन । ंत्यसैले त्यस्तो एकात्मक विधान संशोधन नभएसम्म नेपाल तामाङ घेदुङ संलग्न हुँदैन,’ अध्यक्ष तामाङले खबरघरसँगको फोन सम्वादमा भने । महासंघ सबै आदिवासी जनजाति समुदायको हित र उत्थानको लागि हुनुपर्दथ्यो । तर त्यस्तो देखिएको छैन । यो कुनै निश्चित व्यक्तिको स्वार्थपूर्ती गर्ने थलो र व्यक्ति केन्द्रित भएको समेत उनीहरुको आरोप छ ।

जनजाति महासंघ काभ्रेलाई एउटै व्यक्तिले ८ वर्ष र अर्कोले ७ वर्ष चलाएको प्रति पनि सम्मेलनमा गुनासो गरिएको थियो । विधानमा पलैपालो चलाउनेभन्दा आफ्नो अनुकुल हुँदा विधान नपल्टाइएको र अहिले विधान देखाएको प्रति नेपाल तामाङ घेदुङले आपत्ति जनाएको छ । यस अघि कान्छाराम तामाङले ८ वर्ष र अर्का गोपलकृष्ण दनुवारले ७ वर्ष महासंघको नेतृत्व गरेका थिए । तामाङ घेदुङले फिर्ता बोलाउँदा पनि कान्छाराम तामाङ फिर्ता नआएको उनीहरुको बुझाई थियो । महासंघको लेटरप्याडको दुरुपयोग गरिएको, रसिद, जग्गाको लालपूर्जा लुकाइएको समेत आरोप नेतृत्वमाथि लगाइएको छ ।

काभ्रेमा मगर, तामाङ, नेवार, गुरुङ, माझी, पहरी, भूजेल र दनुवारको गरी ८ वटा जातीय संगठनहरु रहेका छन् । महासंघको केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा संघीय सांसद गंगाबहादुर दोङ विशिष्ट अतिथीको रुपमा सहभागी भएका थिए । त्यस्तै प्रदेश संयोजक काजीमान थिङ, नेकपाका नेता ईन्द्र तामाङ लगायतको सहभागिता रहेको सम्मेलनले लेखराज सारुमगरको अध्यक्षमा २ पदाधिकारी पछि थप गर्ने गरी १५ सदस्यीय जिल्ला समन्वय परिषद गठन गरेको छ । जसको उपाध्यक्षमा शुरेस भूजेल, लक्ष्मी दनुवार, सचिवमा विश्वनाथ ताम्राकार, कोषाध्यक्ष कुलबहादुर गुरुङ, सहसचिव कृष्ण पहरी लगायत रहेका छन् ।

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ११ : ४३ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका