२०८३, ७ कार्तिक शनिबार

सम्साद सहित मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अर्का युवक समातिए

सम्साद सहित मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अर्का युवक समातिए


वीरगञ्ज पर्सा, २१ भदौ : वीरगञ्ज महानगरपालिका–२ मा हिजो शुक्रबार विद्यालय जाँदै गरेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने मजिद मिया पनि पक्राउ परेका छन्। यसअघि प्रहरीले दुई अभियुक्तमध्ये सम्साद आलमलाई घटना भएलगत्तै पक्राउ गरेको थियो ।

सहयोगी सम्साद आलमसँग मिलेर मजिदले तेजाब प्रहार गरेको खुलेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। शुक्रबार बिहान त्रिभुवन हनुमान माविमा कक्षा ९ मा अध्ययनरत मुस्कानमाथि साथीसँग विद्यालय जाँदै गर्दा वीरगन्ज–४ बिर्तामा रहेको गणेशमानोक नजिक एसिड आक्रमण भएको थियो। एसिडले मुस्कानको अनुहार, छाती र हात तथा कपडाहरु जलेको छ। उनको काठमाडौंमा उपचार भइरहेको छ।

खातुनमाथि एसिड प्रहार प्रेम अस्वीकार गर्दा भएको अशांका गरिएको छ । कलिलो उमेरमा हुने प्रेम आकर्षण र त्यसलाई अस्वीकार गर्दा युवतिहरुमाथि एसिड प्रहार हुने गरेको छ । यसअघि पनि काठमाडौंमा २०७१ फागुन १० गते यस्तै प्रकृतिको घटना घटाएका थिए । यसका अलावा परिवारमा घटपट हुँदा पनि एसिड प्रहारका घटनाहरु हुने गरेको देखिएको छ । घटनाहरु प्रायः किशोरीहरुमाथि नै हुने गरेको छ ।

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ९ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना