२०८३, ५ आश्विन मंगलबार

सम्साद सहित मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अर्का युवक समातिए

सम्साद सहित मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अर्का युवक समातिए


वीरगञ्ज पर्सा, २१ भदौ : वीरगञ्ज महानगरपालिका–२ मा हिजो शुक्रबार विद्यालय जाँदै गरेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने मजिद मिया पनि पक्राउ परेका छन्। यसअघि प्रहरीले दुई अभियुक्तमध्ये सम्साद आलमलाई घटना भएलगत्तै पक्राउ गरेको थियो ।

सहयोगी सम्साद आलमसँग मिलेर मजिदले तेजाब प्रहार गरेको खुलेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। शुक्रबार बिहान त्रिभुवन हनुमान माविमा कक्षा ९ मा अध्ययनरत मुस्कानमाथि साथीसँग विद्यालय जाँदै गर्दा वीरगन्ज–४ बिर्तामा रहेको गणेशमानोक नजिक एसिड आक्रमण भएको थियो। एसिडले मुस्कानको अनुहार, छाती र हात तथा कपडाहरु जलेको छ। उनको काठमाडौंमा उपचार भइरहेको छ।

खातुनमाथि एसिड प्रहार प्रेम अस्वीकार गर्दा भएको अशांका गरिएको छ । कलिलो उमेरमा हुने प्रेम आकर्षण र त्यसलाई अस्वीकार गर्दा युवतिहरुमाथि एसिड प्रहार हुने गरेको छ । यसअघि पनि काठमाडौंमा २०७१ फागुन १० गते यस्तै प्रकृतिको घटना घटाएका थिए । यसका अलावा परिवारमा घटपट हुँदा पनि एसिड प्रहारका घटनाहरु हुने गरेको देखिएको छ । घटनाहरु प्रायः किशोरीहरुमाथि नै हुने गरेको छ ।

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ९ : ५९ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको