२०८२, १२ माघ सोमबार

ओलीले देलान् दाहाललाई एकल अधिकार ?

ओलीले देलान् दाहाललाई एकल अधिकार ?


काठमाडौं, भदौ २१ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्षर्ला दिए ।

विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्तरुपमा गर्दै आएको पार्टी कामको जिम्मेवारी दाहाललाई सुम्पेका थिए । त्यही जिम्मेवारीअनुसार आफूले गरेका कामबारे उनले ओलीलाई सूचित गरे ।

अब पार्टी कामको एकल जिम्मेवारी दाहालले नै पाइरहन्छन् कि त्यसमा ओलीको पनि पूर्ववत् साझेदारी रहन्छ रु नेपकपाका धेरै नेताहरु प्रधानमन्त्री ओलीले आगामी दिनमा चाल्ने कदमलाई चासोपूर्ण नियालिरहेका छन् ।

उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारका तर्फ आफूले ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालयमा राखेका थिए । अब यसको व्यावहारिक कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चासो सत्तारुढ वृत्तमा छ । यो समाचार कान्तिपुर दैनिकामा दुग्र्गा खनालले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ७ : ५५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै