२०८२, २ माघ शुक्रबार

शिक्षित र प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै यसरी फस्छन् मानब बेचबिखनको जालोमा

शिक्षित र प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै यसरी फस्छन् मानब बेचबिखनको जालोमा


काठमाडौं, भदौ २१ : पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उर्पाजनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् ।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार यस्ता गतिविधिमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रूपबाट संगठित अपराधीहरूको संलग्नता रहने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसमेत मुख्य चुनौती बनेको उनको भनाइ छ ।

‘हामीले ब्युरो गठन गरेको चार महिनाको अवधिमा भारत, लिबिया, इराक, ग्रिस, केन्या, इन्डोनेसियालगाायतका देशबाट २६० जनाको उद्धार गरिसकेका छौं ।’ संगठित गिरोहले विभिन्न प्रलोभन तथा बहनामा उनीहरूलाई विभिन्न देशमा पु¥याएको एसपी थपलियाले बताए । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ७ : ५३ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति